स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बन्न सक्दैन : एमाले

१९ पुष २०६९, बिहीबार १८:०० मा प्रकाशित

काठमाडौ, १९ पुस । एमाले स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने निष्कर्ष निकालेको छ । आज पार्टी मुख्यलय बल्खुमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईले स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउने भनी राखेको प्रस्ताव औचित्यहीन भनेको छ । भट्टराईले हिजो बुधबार एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटी काँग्रेसले एमाओवादी र एमाओवादीले काँग्रेस नेतृत्व नस्वीकार्ने अवस्था आएकाले स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका दिए ।
बैठकमा बोल्ने सबै स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीको प्रस्तावको बिरोध गरेको एमाले सचिव विष्णु पौडेलले जानकारी दिए । एमाओवादीले कांग्रेसबाट नाम मागेकै  कारण एमालेले पनि कांग्रेसलाई नेतृत्व प्रस्ताव गरेको नेताहरुको भनाई थियो । एमालेले प्रधानमन्त्रीको प्रस्तावलाई जसरी पनि सत्ता लम्ब्याउने र पदमा बस्ने दाउपेच भनी टिप्पणी गरेको छ । बैठक भोलिपनि बस्ने पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

आजको प्रमुख समाचार