संविधानसभा बाटै संविधान जारी गर्नुपर्छ : राष्ट्रपति

१९ पुष २०६९, बिहीबार १७:३० मा प्रकाशित

सिन्धुपाल्चोक, १९ पुस । राष्ट्रपति डा. रावरण यादवले संविधानसभाबाटै नयाँ संविधान जारी गर्नु पर्ने बताएका छन् । सिन्धुपाल्चोकको शारदा उच्च माविको हिरक जयन्ती कार्यक्रममा बोल्दै राष्ट्रपति यादवले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले भने, ‘यसका लागि दलका नेताहरु मिल्नुको बिकल्प छैन ।’ दलका नेताहरुले गरेको कम्जोरीका कारण संबिधान नबनेको आरोप लगाउँदै उनले थपे, ‘त्यसैले अब फेरि पनि उनीहरुले कम्जोरी गर्दैनन् भन्नेमा म आशावादी छु ।’
२००७ सालदेखिको आन्दोलनको उपलब्धी संस्थागत गर्न नसक्दा मुलुकको अवस्था बिग्रेको उनको भनाई थियो । राष्ट्रपति यादवले दलहरुले तत्काल सहमतीय सरकार गठन गरी नयाँ संबिधानसभाको गठन गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार