मिलेमतोमा प्रहरीद्वारा नियमविपरीत टेण्डर दर्ता

१९ पुष २०६९, बिहीबार १७:२४ मा प्रकाशित

नुवाकोट, १९ पुस । अनियमितता रोक्ने निकाय गृह मन्त्रालयअन्तर्गतको जिल्ला प्रहरी कार्यालयले अनियमित तरिकाले दुई प्रहरीचौकी पुनर्निर्माणको टेण्डर दर्ता गरेको छ । शान्ति तथा पुनर्निर्माण कार्यक्रमअन्तर्गत फिकुरी र सामरी प्रहरीचौकीका लागि सोमबार दर्ता गरिएको टेण्डर प्रहरीकै मिलेमतोमा अनियमित तरिकाले दर्ता गरिएको हो ।
८०÷८० लाखको दुवै प्रहरीचौकीका लागि निर्माण व्यवसायीहरूले ई–बिडिङमार्फत दर्ता गरेको टेण्डर प्रहरीले समय सकिएको अवस्थामा अनियमित किसिमले समयसीमाभित्रै कागजपत्र फिर्ता लिएको विवरण राखी दुई ठेक्कामा एक दर्जन टेण्डर फिर्ता गरेको हो ।
ई–बिडिङमार्फत कार्यालयमा आएको टेण्डर डकुमेन्ट ई–बिडिङबाटै मात्र फिर्ता हुने नियम भए पनि प्रहरीले ठाडो निवेदनमा ती कागजपत्र व्यवसायीलाई फिर्ता गरेको छ । टेण्डरको अन्तिम दिन सोमबार दर्ता भएका टेण्डर फारामहरू प्रहरीले दिउँसो २ बजे फिर्ता गराए पनि ११ः५० बजेको समय उल्लेख गर्दै फिर्ता गराएको थियो ।
स्थानीय युवाको सहयोगमा प्रहरीले ती कागजपत्र फिर्ता गराएको निर्माण व्यवसायीकै आरोप छ । अनियमित किसिमले टेण्डर फाराम फिर्ता गरी दुई चौकीको निर्माण प्रतिस्पर्धाबिनाको इस्टिमेटअनुसार पेस भएका टेण्डर मात्र खोलेको छ । फिकुरी प्रहरीचौकीको निर्माणकार्यका लागि गुल्लीभर निर्माण सेवाले टेण्डर दर्ता गर्नुपर्ने समय १२ बजेभन्दा पछि प्रहरीको सहयोगमा अघिको समय राखेर दर्ता गरेको भन्दै निर्माण व्यवसायी सङ्घ नुवाकोटले गुल्लीभर निर्माण सेवाका प्रोपाइटर निर्माण व्यवसायी सङ्घका केन्द्रीय सदस्य ध्रुव श्रेष्ठलाई कारबाही र सो निर्णय लागू नभए सङ्घको गतिविधिमा सहभागी नहुने निर्णय गरेको सङ्घका उपाध्यक्ष रमेश तामाङले बताए ।
जबर्जस्ती दर्ता भएका टेण्डर फिर्ता लिन लगाएको भन्दै ठेक्का प्रतिस्पर्धामा सहभागी भएका साना निर्माण व्यवसायी भने प्रहरी र ठूला व्यवसायीप्रति आक्रोशित भएका छन् । प्रहरी नायव उपरीक्षक दीपक खरेलले प्रहरी प्रधान कार्यालयका प्रतिनिधिको उपस्थितिमा नियम–कानुनको परिधिमा रही टेण्डर प्रक्रिया दर्ता भएको प्रतिक्रिया दिँदै त्यस विषयमा आफूलाई थप जानकारी नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

पर्सा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले

आजको प्रमुख समाचार