चोरी रोक्न खोज्दा चडकन

१९ पुष २०६९, बिहीबार १७:२१ मा प्रकाशित

बारा, १९ पुस । विद्युत चुहावट नियन्त्रण गर्न खोज्दा बाराको पिपरपाती जब्दीमा विद्युत चुहावट नियन्त्रण टोलीले स्थानीयबासीका कुटाइ खाएका छन् । सो क्षेत्रमा अत्याधिक विद्युत चुहावट हुने गरेको सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको चुहावट नियन्त्रण टोलीलाई पिपरपाती जब्दीका स्थानीयवासीले कुटपिट गरी लखेटेका हुन् । विद्युत चोरेर प्रयोग गरेको आरोपमा स्थानीय १० जनालाई पक्राउ गरेर ल्याउने क्रममा प्रतिकारमा उत्रिएका स्थानीयवासीले टोलीका सदस्यहरु माथि आक्रमण गरेका हुन् ।
स्थानीयवासीको आक्रमणमा सशस्त्र प्रहरीका एक जना जवान घाइते भएको नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले जानकारी दिएको छ । आक्रमणमा संलग्न गाँउका केही पुरुषहरु बिहीबार बिहानैदेखि गाँउ छाडेर भागेका छन् । प्रहरीले पक्राउ गर्ने आशंकमा उनीहरु भागेका हुन् ।
प्रहरीले आक्रममा सहभागी युवाहरुको खोजी गरी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार