कारगारमै ग्याङ्फाइट, एकको मृत्यु

१९ पुष २०६९, बिहीबार १७:१५ मा प्रकाशित

सिन्धुली, १९ पुस । विभिन्न अभियो प्रमाणित भएपछि आचरण सुरधानका लागि दोषिलाई बन्दी गृह अर्थात कारागार लगिन्छ । अन्यत्र भन्दा कारागार निकै सुरक्षित र भरपर्दो स्थानको रुपमा लिन्छ । तर, पछिलो समय नेपालको कारगारहरु असुरक्षि बन्दै गइरहेका छन् ।
यस्तै असुरक्षित कारगारको रुपमा सिन्धुली जिल्ला कारागारले आफ्नो नाम दर्ता गराएको छ । हिजो राति कारगारमा रहेका कैदी बन्दीहरुबीच दोहोरो झडप भएपछि उसले आफुलाई असुरक्षित कारगारको रुपमा आफ्नो नाम लेखाएको हो । सिन्धुली प्रहरीले दिएको जानकारी अनुसार त्यहा कैदीहरुबीच दोहोरो हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार झडपमा परी कैदी निरज देवकोटा घाइते भएका हुन् । उनले काठमाडौंको शिक्षण असपतालमा उपचारका क्रममा आज विहान मुत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यका अनुसार जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । घाइते देवकोटाको टाउकोमा गम्भीर चोट लागेको थियो ।
त्यस्तै झडपमा अन्य सात जना सामान्य घाइते भएका थिए । उनीहरु पनि स्थानीय असपतालमा उपाचार गरी पुन कारगारमै लगिएको छ । प्रहरीका अनुसार झडपको कारण अझै खुल्न सकेको छैन । प्रजिअ आचार्यका अनुसार घटनाको छानबिन गर्न सहायक प्रजिअ डिजन भट्टराइको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको छ । समितिमा समितिमा प्रहरी निरीक्षकद्धय दिलिपकुमार झा, कैलाश कटुवाल र राष्ट्रिय अनुसन्धानका असई कमल थापा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार