मेरी आमा रोएकी छिन ! -कोमल भट्ट

१४ चैत्र २०६८, मंगलवार ०२:०९ मा प्रकाशित

मेरी आमा रोएकी छिन ! -कोमल भट्ट

हिंसा र काटमारले अत्तालिएर,
सहश्र आँशु गिराइरहेकी छिन ।
बलत्कार र अपहरण ब्यापक भएर,
पिरै पीरले खग्रास भैरहेकी छिन ।
अवलाहरुको उत्पीडन र आँशुसंगै,
मुटुलाई छियाछिया पारेकी छिन ।
भोका र नाङ्गाहरुको बेदना सुनेर ,
बलिन्द्र आँशुमा रोइरहेकी छिन ।

बिलासितामा चुर्लुम्मै डुबिरहेका ,
गगनचुम्बी महलहरु देखेकी छिन ।
चुल्हो नबलेका र क्षुधाले तड्पिरहेका ,
पानी चुहिने झुप्राहरु पनि देखेकी छिन ।
महलमा खोट भेट्टाएरै त होला शायद ?
झुप्राहरु तिरै बढी आकर्षित भएकि छिन ।
आफ्नै सन्ततिबीचको मतभेद थाहापाएर ,
अनमोल आँशु निरन्तर गिरायेकी छिन ।

अशिक्षा र अन्धबिश्वासले चौतर्फी घेरिएर ,
कुसंस्कार र कुप्रचलन खेपीरहेकी छिन ।
आफ्नै छोरीलाई जिउंदै जलाएको हेरेर ,
नि:सहाय र लाचारीले बिलापियेकी छिन ।
डुबिसकेको नैतिकतालाई तान्न खोजेर ,
अझै पनि आशाको त्यान्द्रो समाएकी छिन ।
कुटिएका,मारिएका र फालिएकाहरु देखेर ,
दुखित र मर्माहत आँशु चुहाएकी छिन ।

मुटुकै भागबन्डा खोजिरहेको सुनेर ,
ज्वलन र पीडाले आक्रान्त बनेकी छिन ।
जातीयता र उच नीचको व्यवहार पाएर ,
आफ्नै ममतालाई धिक्कारी रहेकी छिन ।
नीति,नियम र कानूनको अपहेलना भएर ,
अन्याय र अत्याचार बढेको देखेकी छिन ।
अमानवीयता आकाशिंदै पराकाष्टा नाघेर ,
डाँकोछोडेर सधैंभरि धुरुधुरु रोएकी छिन ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार