सहमति नभए संविधानसभा पुनःस्थापनाको विकल्प छैन ः पौडेल

१९ पुष २०६९, बिहीबार १७:०७ मा प्रकाशित

बागलुङ, १९ पुस । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाएपछि मात्र अन्य विकल्पमा जान सकिने बताएका छन् । आज बागलुङ्मा पत्रकारहरुसंग बोल्दै एमाओवादीको केन्द्रीय नेता समेत रहेका पौडेलले भने, ‘अहिलेको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाएपछि मात्र कांग्रेस वा अन्य कुनै दलको नेतृत्वमा सरकारका विषयमा सोचन सकिन्छ ।’
उनले कांग्रेस एमालेलगायत विपक्षी दलहरुका नेताहरु यही सरकारमा आएर राष्ट्रिय स्वरुप दिएर कानूनी जटिलता हटाए चुनावी सरकारको नेतृत्व काँग्रेसलाई दिदा एमाओवादीलाई कुनै आपत्ति हुदैन भने । नेता पौडेलले सहमति भए संविधानसभा पुनःस्थापना गरेर सरकार हटाएपनि आफ्नो दललाई स्वीकार्य हुने पनि बताए । उनले राष्ट्रलाई राजनीतिक निकास दिँदा राष्ट्रपतिलाई पनि अप्ठ्यारो नपर्ने गरी बीचको बाटो खोज्नुपर्नेमा जोड दिदै भने, ‘राष्ट्रलाई निकास दिँदा कसैको पनि हार हुनु हुदैन ।’
उनले स्वतन्त्र व्यक्तिलाई पनि प्रधानमन्त्री बनाउन सकिने उल्लेख गर्दै त्यसका लागि लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्ष र संघियतालाई स्वीकार गर्न सक्ने, राजनीतिक पृष्ठभूमि भएको हुनुपर्नेमा जोड दिए । अझै पनि सहमति बन्न नसके संविधानसभा पुनस्थापनाको विकल्प नरहेको पनि उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार