सरकारले रोक्न सकेन अबैध इँटाभटा

१९ पुष २०६९, बिहीबार १४:११ मा प्रकाशित

जनकपुर, १९ पुस । नेपाल भारतीको सीमासँग जोडिएको धनुषा जिल्लामा अबैध रुपमा सञ्चालन भएको इटाभटालाई सरकारले नियन्त्रण गर्न नसकेको भन्दै स्थानीयबासीहरुले विरोध गरेका छन् । तोकेको मापदन्ड नै नपु¥याई धनुषामा गैरकानुनी रुपमा दर्जनौं इँटा उद्योग सञ्चालनमा रहेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय धनुषाका अनुसार जिल्लामा ६६ वटा इँटा उद्योग रहेकोमा विभिन्न कारणले गर्दा नौवटा उद्योग हाल बन्द रहेका छन् । सञ्चालनमा रहेका ५७ वटा इँटा उद्योगमा करिब २८ करोड लगानी रहेको छ भने सो उद्योगबाट करिब चार हजार मजदुर प्रत्यक्ष रुपमा लाभान्वित हुँदै आएका छन् । सञ्चालनमा रहेका कतिपय इँटा उद्योग अहिले पनि गैरकानुनी रुपमा सञ्चालनमा आइरहेका छन् भने अर्कोतिर ती उद्योग बन्द भएको भनी घरेलु तथा साना उद्योग कार्यालयमा झुटो विवरण पेस गरेको पाइएको छ ।
सम्बन्धित कार्यालयले स्थलगत रुपमा निरीक्षण नर्गदा इँटा उद्योगको अवस्थाबारे केही जानकारी नभएको उद्योग अधिकृत ओमप्रकाश महतो बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार