गत्लाङको वन सखाप

१९ पुष २०६९, बिहीबार १३:०२ मा प्रकाशित

रसुवा, १९ पुस । उत्तरी रसुवाको गत्लाङ इलाकाका जङ्गलबाट अवैध रूपमा निकासी गर्न लागेको काठ जिल्ला वन कार्यालयले बरामद गरेको छ । जिल्ला वन अधिकृत राधाकृष्ण दासका अनुसार अवैध रूपमा रूख कटानी गरी बिक्री–वितरणका लागि निकासी गर्न लागेको ५० थान सल्लाको ठूला टिम्बा स्थानीय बासिन्दाले बरामद गरी गोल्जुङ रेन्जपोस्टलाई बुझाएका छन् ।
जङ्गल फँडानी गर्ने मानिसको खोजी र काठका परिमाण एवम् वन फँडानीको तथ्याङ्क सङ्कलन गरी वन कार्यालयको विशेष अदालतमा मुद्दा पेस गर्न कर्मचारी खटाइसकिएको छ ।
विगतमा वन कार्यालयको बेवास्ताका कारण रसुवाको वन–जङ्गल सखाप पार्नेहरूलाई कुनै कारबाही भएको थिएन । बन ऐन–नियमअनुसारका मापदण्ड अवलम्बन गरी जस्तोसुकै कठोर कार्यको सामना भोग्नुपरे पनि अवैध धन्दामा लाग्ने सबै व्यक्तिलाई कानुनी दायरामा ल्याएरै छाड्ने जिल्ला वन अधिकृत दासले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन

आजको प्रमुख समाचार