‘स्वतन्त्र व्यक्ति’मा पनि दलहरुबीच विमति

१९ पुष २०६९, बिहीबार १०:०३ मा प्रकाशित

काठमाडौं, १९ पुस । स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने विषयमा दलहरबीच भित्रभित्रै छलफल भइरहेका छन् भन्ने तर्कका माझ प्रधानमन्त्री बाबुराम भट्टराईले एमाले नेता माधवकुमार नेपालसँग बुधबार औपचारिक रुपमै त्यस्तो प्रस्ताव राखेको बुझिएको छ । यसको सुई)को पाएलगत्तै धेरैका आँखा विपक्षी दलहरुतर्फ सोझिएका थिए । तर, बुधबार साँझै नेपाली कांग्रेस पार्टी कार्यालयमा बसेको दुई विपक्षी दलको बैठकले प्रधानमन्त्रीको उक्त प्रस्तावलाई सत्ता लम्व्याउने र बैशाखमा चुनाव नगराउने षडयन्त्रको संज्ञा दिनएको छ ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बाबुराम भट्टराईको सो प्रस्ताव दलहरुलाई एकछिन अल्मल्याउने चाल मात्र भएको टिप्पणी गर्दै भने, ‘एमाओवादी वास्तवमा चुनाव चाहँदैन, स्तन्त्र व्यक्ति हुँदैहुँदैन भनेर प्रस्टै भनिसकेका व्यक्तिले अहिले यस्तो कुरा गर्दैमा हामी कसरी मान्न सक्छौँ ?’
अर्को विपक्षी दल नेकपा एमालेले चाहिँ प्रधानमन्त्रीको उक्त प्रस्तावमा विश्वास गर्ने आधार नै नभएको बताएको छ । सो पार्टीका उपाध्यक्ष बामदेव गौतमले भने, ‘बाबुराम भट्टराईले माधव नेपालसँग स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्रीको उम्म्ेदवार बनाऔँ भनेर भनेको भन्दै नेपालीजीले बैठकमा प्रस्ताव गर्नुभएको हो, तर बाबुराम र एमाओवादीले राखेका प्रस्तावहरुमा हामीलाई अब पटक्कै विश्वास लाग्न छोडेको छ, कांग्रेस र एमाले दुबै दल यस प्रस्तावमा समर्थन गर्ने पक्षमा आजसम्मको मितिमा छैनौँ ।’
तर, श्रीमतिको उपचारका लागि थाइल्याण्ड गएका भनिएका एमाओवादी अध्यक्ष प्रचण्डले चाहिँ स्वदेश फर्कनेवित्तिकै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा जसको नेतृत्वमा सहमति जुट्छ उसैको नाममा सहमत बन्नुपर्ने अभिव्यक्ति दिए । विपक्षीले सत्ता गठबन्धनको र सत्ता गठबन्धनले विपक्षीको नेतृत्व स्वीकार नगर्ने अडानहरु जारी रहँदा विकल्पका रुपमा आएको स्वतन्त्र व्यक्तित्वको नेतृत्वको प्रस्तावमा पनि दलहरुबीच सहमति जुट्न नसक्ने संकेत यसरी प्रस्ट रुपमै देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ।नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

आजको प्रमुख समाचार