महिलाको मुद्दा लिएर महिला संघ सरकारविरुद्ध उत्रिने

१९ पुष २०६९, बिहीबार ०८:२० मा प्रकाशित

काठमाडौं, १९ पुस । नेपाल महिला संघले महिला हिंसाका विरुद्ध आन्दोलनको घोषणा गरेको छ । नेपाली कांग्रेसको भगिनी संस्थाका रुपमा चिनिने संघले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो । घोषित पहिलो चरणको आन्दोलनका कार्यक्रममा आज विहीबार राजधानी काठमाडौंसहित मुलुकका ७५ वटै जिल्लामा जिल्लाशाखाहरुले प्रमुख जिल्ला अघिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिइएको छ । पहिलो चरणको विरोध कार्यक्रम सञ्चालन गर्दा समेत सरकारले महिला हिंसाका अपराधीहरुलाई कारवाही नगरे त्यसपछि दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने महिला नेतृहरुले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल महिला संघकी अध्यक्ष डा. डिला संग्रौलाले मुलुक एक्काईसौ शताब्दिमा प्रवेश गर्दा आधा आकाश ओगटेका महिलामाथि बर्बर हिंसा हुनु शर्मनाक भएको भन्दै राज्यले यस्तो हिंसा अन्त्यको लागि उचित कदम नचालेकोमा आक्रोस ब्यक्त गरिन् । उनले सर्वसत्ताबादको चिर निन्द्रमा सुतेको सरकारलाई ब्यूझाँउन सम्पूर्ण महिलाहरुलाई गोलबन्द हुन आब्हान गर्दै राज्यले नागरिकको न्यूनतम बाच्न पाउने अधिकारको समेत संरक्षण गर्न नसकेको आरोप लगाइन् ।
महिला विभाग प्रमुख एवम नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मीना पाण्डेले सरकारको सत्तालिप्साको कारण विधी मिच्ने क्रम बढेकोले यस्ता घटनाहरु भएको भन्दै सरकारलाई सत्ताच्यूत नगरेसम्म यस्ता घटना घटना न्यूनीकरण नहुने दावी गरिन् । उनले न्यायको ठेक्का लिएकाले नै हिंसा गरेकोले मुलुकमा हिंसाको घट्ना अझै दर्दनाक र बेसर्मपूर्ण बनेको आरोप लगाईन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा