बीरका बुलन्दलाई अख्तियारको पाँसो

१९ पुष २०६९, बिहीबार ०८:०३ मा प्रकाशित

काठमाडौं, १९ पुस । आफ्नै कर्मचारीहरुको विरोध र विभिन्न अनियमितताका कारण पटक पटक विवादमा पर्दैआएका वीर अस्पतालका निर्देशक डा. बुलन्द थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाही दायरामा तानिएका छन् । अस्पताललाई एक करोडभन्दा बढी घाटा पुर्‍याएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले उनलाई कारबाही गर्न निर्देशन दिएको थियो । अस्पतालका लागि आवश्यक पर्ने मेडिकल, सर्जिकललगायत सामान खरिदमा अनियमितता गरेको ठहर गर्दै अख्तियारले उनलाई विभागीय कारबाही गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई निर्देशन दिएको बुझिएको छ ।
डा. थापाले ०६७ भदौ २ गते प्रतिष्ठानको नियमविपरीत आफूलाई अधिकार नै नभए पनि सोझै बजारबाट सिरिन्ज पम्पलगायतका सामग्री खरिद गरी अनियमितता गरेको उजुरअनुरुप सो ठहरमा अख्तियार पुगेको छ ।
प्रतिष्ठानका उपकुलपति डा. दामोदर पोखरेलले अख्तियारको निर्देशनअनुसार डा. थापालाई के कारबाही गर्ने भन्ने विषयमा प्रतिष्ठानमा छलफल भइरहेको पुष्टि गरेका छन् । ‘अख्तियारको पत्र प्राप्त भएलगत्तै  कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको डा. पोखरेलले जानकारी दिए ।  उनले स्वास्थ्य सेवा ऐनअनुसार नै डा. थापालाई कारबाही गरिने बताए ।
अख्तियारले अस्पतालमा आर्थिक वर्ष ०६७/६८ मा खरिद गरिने विभिन्न सामानका बोलपत्र मूल्यांकनका लागि गठित समितिले चार ठाउँमा टिपेक्स लगाएर बोलपत्र हाल्नेलाई सामान खरिदका लागि स्वीकृत दिएको तर दुई ठाउँमा टिपेक्स लगाएकोलाई नदिएको समेत पत्ता लगाएको छ । बोलपत्र समितिले प्याकेज नम्बर १४ को विद्युत् तथा प्लम्बिङसम्बन्धी सामानको न्यूनतम अंक कबोल गरेकोलाई नदिई टिपेक्स लगाएर ९ लाख ९ हजार सात सय १६ रुपियाँ अस्पताललाई नोक्सानी पुर्‍याएको समेत अख्तियारले जनाएको छ । अख्तियारले थापालाई विभागीय कारबाही र समितिका अन्य सदस्यमा तत्कालीन अस्पताल प्रशासन व्यवस्थापन शाखा प्रमुख अर्जुनप्रसाद गौतम, आर्थिक प्रशासन शाखा प्रमुख लेखजंगध्वज केसी, कानुनी सल्लाहकार पूर्णिमा रिमाल गुरागाईं र निमित्त नर्सिङ निर्देशक सुधा वैद्यलाई सचेत गराउनसमेत निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने

विराटनगर।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिवार भएको मतदानमा मतगणना प्रदेश १ मा अझै सुरु भएको छैन । कांग्रेस पार्टी कार्यालय मोरङमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका