क्रान्ति पूरा गर्ने कार्ययोजना ल्याइने वैद्यको दाबी

१९ पुष २०६९, बिहीबार ०७:३१ मा प्रकाशित

काठमाडौं, १९ पुस । यही पुस २५ गते पार्टी महाधिवेशनको तयारीमा लागेको नेकपा(माओवादीका अध्यक्ष मोहन वैद्यले नेपालमा क्रान्ति अधुरो रहेको भन्दै  सातौँ महाधिवेशनपछि क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने गरी कार्ययोजना ल्याइने बताए दाबी गरेका छन् । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ठोस खाकासहित आफ्नो पार्टी अगाडि बढ्ने बताउँदै उनले एमाओवादी नेताहरुले जनयुद्धको भावना विपरीत पार्टीलाई संसदवादको आहालमा डुबाएको आरोप लगाए।
माओवादीको प्रचार राज्य समिति, बुद्धिजीवी राज्य समिति र सांस्कृतिक राज्य समितिको अधिवेशनलाई आइतबार पार्टी कार्यालय बुद्धनगरमा सम्बोधन गर्दै अध्यक्ष वैद्यले क्रान्तिको सम्भावना हुँदाहुँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले धोका दिएपछि क्रान्तिका बाँकी कार्यभार पूरा गर्न आफूहरु नयाँ पार्टी गठन गरी अगाडि बढेको अभिव्यक्ति दिएको राससले जनाएको छ ।
सोही कार्यक्रममा माओवादी सचिव देव गुरुङले नेपालमा साम्राज्यवाद र विस्तारवाद हावी रहेको बताएका थिए । उनले पार्टीको चुनवाङ् बैठकमा एमाओवादी पार्टी नेतृत्वले गणतन्त्र स्थापनासम्मका लागि मात्रै लोकतान्त्रिक गणतन्त्रको रणनीति लिने भनेकामा अहिले त्यसलाई कार्यनीति बनाइएको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार