एमाओवादी कार्यकर्ताको उद्दण्डता !

१८ पुष २०६९, बुधबार २१:५३ मा प्रकाशित

काठमाडौं, १८ पुस । मधेसी दलहरुको आडमा सत्ता कब्जा गरेर बसेको एमाओवादीका कार्यकर्ताहरुले स्थानीय तहमा पनि उत्तिकै दादागिरी प्रदर्शन गर्ने गरेको बुधबारको एक घटनाले पुष्टि गरेको छ । नेपाली कांग्रेस रुकुमका एक स्थानीय नेता हत्याको विरोधमा रुकुममा आयोजित कार्यक्रममा सहभागिता जनाउन हवाईजहाजमार्फत् त्यसतर्फ जानुभएका नेपाली कांग्रेसका नेता डा. रामशरण महतलाई दलबलसहित आएको आक्षेप एमाओवादी कार्यकर्ताले लगाए । उनीहरुले नेता महत चढेको जहाज नै त्यहाँबाट फर्काएर असहिष्णु तथा उद्दण्ड ब्यवहार प्रदर्शन गरेका थिए ।  नेता महत नेपाली कांग्रेस रुकुमको दुली गाउँ ईकाई सभापति कविराम खत्रीको हत्या विरोधमा भएको कार्यक्रममा भाग लिन पार्टीका केही सहयोगीहरुका साथ बुधबार रुकुम प्रस्थान गर्नुभएको थियो । डा. महतको प्रखरता र लोकतन्त्रविरोधिहरुप्रति तिक्ष्ण तथा तार्किक प्रहार गर्ने स्वभावसँग एमाओवादीका स्थानीय कार्यकर्तासमेत कसरी तर्सिएका रहेछन् भन्ने यस घटनाबाट स्पष्ट भएको रुकुमका एक स्थानीयले प्रतिक्रिया दिए ।

बताइएअनुसार सो जहाजमा बाँकेका प्रमुख जिल्ला अधिकारी र केही सञ्चारकर्मीहरु पनि थिए । दुईतर्फी टिकट गरेर रुकुम पुगे पनि एमाओवादी कार्यकर्ताको धम्कीका कारण नेपाल एयरलाइन्सको जहाज यात्रुहरुलाई छोडेर फर्काइएको थियो । प्रशासनिक कामका लागि रुकुम पुगेका बाँकेका प्रजिअसमेतलाई डा. महतसँग किन आएको भन्दै एमाओवादी कार्यकर्ताहरुले अराजक शैलीमा सवाल गरेका थिए । उनीहरुको विरोधपछि प्रजिअ ढुण्डीराज पोखरेल मोटरबाटोबाट  नेपालगञ्ज फर्किएका थिए । भने सभालाई सम्बोधन गर्ने क्रममा कांग्रेस नेता महतले एमाओवादी कार्यकर्ताको अराजक र निरंकुश शैलीको तिखो आलोचना गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार