प्रहरीको कुटपिटबाट माओवादी राज्यसमितिका सदस्यको हत्या

१८ पुष २०६९, बुधबार १९:४४ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १८ पुस । नेकपा माओवादी बैद्य समुहका कार्यकर्ता एवम् राज्य समिति सदस्य शैलेन्द्र नाथ तिवारीलाई प्रहरीले नियन्त्रणमा  लिई हत्या गरेको सो पार्टीले दाबी गरेको छ  ।
पार्टीको अधिवेशनको लागि सहयोग उठाउने क्रममा रुपन्देहीको क्षेत्र नं ६  अन्तरगत  फरेना  गाविसबाट उनलाई प्रहरीले नियन्त्रणमा  लिई  कुटपिट गरी हत्या गरेको माओवादी रुपन्देहीका जिल्ला  ईन्चार्ज बसन्त श्रेष्ठले बताए  ।
उता  प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पोडैलले भने प्रहरीको  यातनाका कारण उनको मृत्यु नभएको बताएका छन्  । चन्दा उठाउने क्रममा  प्रहरीले छलफलमा बोलाएको तर नियन्तणमा  लिई हत्या नभएको उहाको भनाई छ  । ब्लडप्रेसरको  औषधि सेबन गरेका तिबारीलाई उपचारार्थ भैरहबा  मेडिकल कलेजमा  लैजाने क्रममा प्रहरीकैै साथमा  उनको मृत्यु भएको  उनको भनाई छ  । पोस्टमार्टम रिपोर्ट पछि  सत्यतथ्य  बाहिर आउने  बताए  ।  पारिबार भने  हत्या नै भएको बताएका छन्  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले