महिलाहरुले घेरे बालुवाटार

१८ पुष २०६९, बुधबार १६:१६ मा प्रकाशित

काठमाडौ, १८ पुस । महिलामाथिको हिंसा अन्त्य तथा पीडकमाथि कडा कारबाहीको माग गर्दै आज विभिन्न संघ संगठनमा आवद्ध महिलाहरुले प्रधानमन्त्री निवास बालुवाटर घेराउ गरेका छन् । बालुवाटारमा घेराउमा महिला मानव अधिकार सञ्चाल, राष्ट्रिय अपाङग महासङघ–नेपाल, पत्रकार, कानुन अधिकारकर्मीलगायत विभिन्न सङघसंस्थाका करिब ४ सयको सहभागिता थियो ।
घेराउ बिहान ९ बजेदेखि ११ बजेसम्म चलेको थियो । यसैबीच महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले केही दिनयता भएका लैङगिक हिंसाका घटना २१ औँ शताब्दीको मानव सभ्यताको कलङकको रुपमा रहेको बताएको छ । मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा ती घटनाहरुले मन्त्रालयलाई अत्यन्तै दुखित र चिन्तित तुल्याएको जनाइएको छ ।
विज्ञप्तिमा मानव जातिलाई नै लज्जित बनाएको ती घटनाका अपराधीहरुलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा दण्ड दिलाउन मन्त्रालय कृत सङकल्पित रहेको, यसका लागि सबै सरकारी र गैरसरकारी संस्था तथा नागरिक समाजको सकारात्मक सहयोग र सहकार्यको अपेक्षा गरिएको उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार