महिला हिंसाका विरुद्ध आन्दोलनको घोषणा

१८ पुष २०६९, बुधबार १५:१३ मा प्रकाशित

काठमाडौ, १८ पुस । नेपाली काग्रेस निकट नेपाल महिला संघले महिला हिंसाका विरुद्ध आन्दोलन घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गरेर संघले आन्दोलनको घोषणा गरेको हो । घोषित पहिलो चरणको आन्दोलनका कार्यक्रममा विहीबार राजधानी काठमाडौ सहित मुलुकका ७५ वटै जिल्लामा जिल्ला शाखाहरुले प्रमुख जिल्ला अघिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने रहेको छ ।
पहिलो चरणको विरोध कार्यक्रम सञ्चालन गर्दा समेत सरकारले महिला हिंसाका अपराधीहरुलाई कारवाही नगरे त्यसपछि दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने पत्रकार सम्मेलनम जानकारी दिईयो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल महिला संघकी अध्यक्ष डा डिला संग्रौलाले मुलुक एक्काईसौ शताब्दिमा प्रवेश गर्दा आधा आकास ओगटेका महिलामाथि बर्बर हिंसा हुनु शर्मनाक भएको भन्दै राज्यले यस्तो हिंसा अन्त्यको लागि उचित कदम नचालेकोमा आक्रोस ब्यक्त गरिन ।
उनले सर्वसत्ताबादको चिर निन्द्रमा सुतेको सरकारलाई ब्यूझाँउन सम्पूर्ण महिलाहरुलाई गोलबन्द हुन आब्हान गरिन । राज्यले नागरिकको न्यूनतम बाच्न पाउने अधिकारको समेत संरक्षण गर्न नसकेको आरोप लगाउँदै विद्यमान कानून कार्यान्वयन नभएको र मुलुकमा दण्डहिनताको अवस्था बढेको कारण यस्ता घटनाहरु न्यूनिकरण हुन नसकेको दावी गरिन ।
महिला विभाग प्रमुख एवम नेपाली काग्रेसकी केन्द्रीय सदस्य मिना पाण्डेले सरकारको सत्ता लिप्साको कारण विधी मिच्ने क्रम बढेकोले यस्ता घटनाहरु भएको भन्दै सरकारलाई सत्ता च्यूत नगरेसम्म यस्ता घटना घटना न्यूनीकरण नहुने दावी गरिन । उनले न्यायको ठेक्का लिएकाले नै हिंसा गरेकोले मुलुकमा हिंसाको घट्ना अझै दर्दनाक र बेसर्मपूर्ण बनेको आरोप लगाईन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

आजको प्रमुख समाचार