प्रधानमन्त्री भट्टराईद्धारा सरकारको नेतृत्व गर्न एमाले नेता नेपाललाई आग्रह

१८ पुष २०६९, बुधबार १३:३९ मा प्रकाशित

काठमाडौ, १८ पुस ।  प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व गर्न एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।
नेपालको निवास कोटेश्वरमा आज बिहान भएको भेटवार्तामा प्रधानमन्त्री भट्टराईले कांग्रस नेतृत्व स्वीकार्न नसकिने भएकाले तेस्रो विकल्पमा तपाइ अघि बढ्न भन्दै सरकारको नेतृत्वका लागि आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको भनाई थियो, ‘अब बन्ने भेनको सरकारले चुनाव गराउने हो र कांग्रेसको नेतृत्वमा बनेको सरकारले निश्पक्ष चुनाव गर्न सक्दैन त्यसैले कांग्रेसको नेतृत्वको सरकार स्वीकार्न सकिन्न ।’ जवाफमा नेता नेपालले एकीकृत माओवादीकै आग्रहमा कांग्रेस सभापति सुशील कोइरालाको नाम प्रस्ताव गरिएकाले सकेसम्म यसमै सहमति जुटाउनुपर्नेमा जोड दिएका थिए । कोइराला हुँदै नहुने भए थप स्पष्ट सहित प्रस्ताव ल्याउन नेपालले प्रधानमन्त्रीलाई आग्रह गरेको नेपालको निजी सचिवालयले जनाएको छ ।
यसैगरी एमाले नेता नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच पनि भेटवार्ता भएको छ । प्रधानमन्त्री भट्टराई बाहिरिए लगत्तै नेपाललाई भेट्न ठाकुर कोटेश्वर पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।