सरकारको नेतृत्वमा भन्दा चुनाव गर्ने विषयमा विवाद छः प्रचण्ड

१८ पुष २०६९, बुधबार १३:२२ मा प्रकाशित

काठमाडौ, १८ पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वमा भन्दा चुनाव गर्ने विषयमा विवाद भएको बताएका छन् ।
पत्नी सीताको उपचारका लागि थाइल्याण्ड गएका प्रचण्डले स्वदेश फकिर्ने क्रममा आज त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसंग भने, ‘चिन्ता चुनावको छ, र विवाद पनि त्यसैमा भएकाले सहमति हुन नसकि रहेको हो ।’ उनले बैशाखमा चुनाव हुने सुनिश्चितता भए सरकारको नेतृत्वका विषयमा विवाद नरहने पनि बताए । उनले थपे, ‘चुनाव हुने निश्चित भए स्वतन्त्र व्यक्ति वा जसको नाममा पनि सहमति हुन सक्छ ।’
सहमतिका लागि आफू निकै चिन्तित रहेको भन्दै उनले यसका लागि राष्ट्रपतिले दिएको समयसीमाको अधिकतम सदुपयोग गर्ने बताए । अरु दलसंगको छलफल घनिभूत पार्ने र जुन विन्दुमा पुगेर जसरी सहमति हुन्छ त्यसका लागि तयार रहेको प्रचण्डको कथन थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार