वन फँडानी गरेको अभियोगमा अख्तियारद्धारा २२ जिना वरुद्ध मुद्धा दायर

१८ पुष २०६९, बुधबार १२:५८ मा प्रकाशित

काठमाडौं, १८ पुस । अनियमित रूपमा वन पँmडानी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सिरहाका तत्कालीन प्रमुख शेखरकुमार यादवसहित २२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।
अख्तियारले जिल्ला वन कार्यालयका तत्कालीन प्रमुख यादवसहित २२ जनाले व्यक्तिगत लाभ लिन करोडौँ रकमबराबरको जंगल पँmडानी गरेको ठहर गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । एक करोड दुई लाख ९६ हजार आठ सय ४५ बिगो तथा त्यति नै जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका सहप्रवक्ता केशव घिमिरेले बताए ।
यादवसहित २२ कर्मचारीको मिलेमतोमा प्रमाणीपुर गाविसको अरनीडाँडास्थित चुरे शृखलाको वन पँmडानी गरी करोडौँ रकमबराबरको वन नष्ट गरेको अभियोगमा उल्लेख छ । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा एक करोड दुई लाख ९६ हजार आठ सय ४५ बराबरको वन पँmडानी गरेको दाबीसहित त्यति नै मात्रामा जरिवानाको माग गरिएको छ ।
आजको सौर्य दैनिकले छापेको छ तत्कालीन जिल्ला वन अधिकृत यादवले गैरकानुनी रूपमा चुरे शृंखलाको वन क्षेत्र कटान गर्न आदेश दिएको, उनीलगायत २२ कर्मचारीले आर्थिक चलखेल गरी वन पँmडानी गरेको ठहरपछि अख्तियारले उनीहरुविरुद्ध मुद्दा चलाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल