बैशाखमा निर्वाचन हुन नसक्ने निश्चित

१८ पुष २०६९, बुधबार १०:२२ मा प्रकाशित

काठमाडौं, १८ पुस । सरकारले दाबी गरेको बैशाखको निर्वाचन तिथि नजिकिँदै जाँदा दलहरुबीच कुनै सहमति हुन नसकेपछि निर्वाचन आयोगले सो मितिमा  चुनाव गर्न नसकिने औपचारिक जानकारी सरकार तथा सरोकारवालाहरुलाई गराउने भएको छ । वैशाखमा चुनाव गर्न आयोगले यसै साता नीति, मिति, नियुक्ति, विधि र सहमति उपलब्ध गराउन सरकारलाई आग्रह गरेको थियो भने निर्वाचन आयोगका कार्यवहक प्रमुख आयुक्त दोलखबहादुर गुरुंगले एक महिनाअघि पनि राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेटेर निर्वाचनका लागि आधारभूत ऐननियाम तथा अन्य तयारीका लागि अनुरोध गरेका थिए । त्यतिबेला दलहरुबीच सहमति जुटाएर वैशाखमै चुनाव गर्न आवश्यक कानुनी जटिलता हटाउने आश्वासन दिइएको थियो । तर त्यसको एक महिना बितिसक्दा पनि त्यसबारे कुनै उपलब्धि नदेखिएपछि आयोग वैशाखमा चुनाव गर्न नसकिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ ।
निर्वाचन गर्नका लागि कम्तीमा १ सय २० दिनको तयारी आवश्यक पर्छ, तर प्रक्रियागत तयारीका अलावा यहाँ त कानूनी जटिलताका गाँठो नै फुकेका छैनन् । अब एकदुई दिनभित्रै सहमति नभए समय कुनै हालतमा पनि पुग्दैन ।  समयमै चुनाव गर्न दलहरुबीच सहमति आवश्यक पर्ने भए पनि राजनीतिको केन्द्रमा रहेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल विदेश गएका छन् भने प्रधानमन्त्रीले राजीनामा दिएर सहमतीय सरकार गठन नभएसम्म चुनाव गर्न नसकिने भन्दै आएका छन्। त्यसैगरी एकीकृत माओवादी लगायत सत्तारुढ गठबन्धन चुनाव नभए संविधानसभा पुनःस्थापना प्रस्तावसमेत अघि सारेर निर्वाचनको सम्भावना कम रहेको प्रस्ट्याइसकेका छन्। एकतिर राजनीतिको यस्तो अस्तव्यस्त अवस्था छ भने आगामी २६ गतेदेखि आयोग पूर्ण रुपमा पदाधिकारीविहीन हुने भएकाले २५ अगावै दलहरुले सहमति गरेर पदाधिकारी नियुक्त गरी आवश्यक जटिलता फुकाउनुपर्नेमा सो हुने लक्षण देखिएको छैन । यसरी दलहरुले जति अब टाउकै फोरे पनि बैशाखमा चुनाव नहुने निश्चित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनकुटा।नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

आजको प्रमुख समाचार