चुनढुङ्गा उत्खनन् विषयमा दलहरूबीच आरोप–प्रत्यारोप

१८ पुष २०६९, बुधबार ०७:२० मा प्रकाशित

मुक्तिनाथ भुसाल/ अर्घाखाँची, १८ पुस । नरपानी चुनढुङ्गा उत्खनन् रोक्का सङ्घर्ष समितिले ‘चुनढुङ्गा उत्खनन् रोकौँ वातावरण जोगाऔँ’ भन्ने नारासहित आयोजना गरिएको विरोधसभा नरपानीमा सम्पन्न भएको छ । करिब एक हजारको सहभागिता रहेको उक्त सभामा नेपाली काङ्ग्रेस महासमिति सदस्य हिम्मतबहादुर टन्डनले जबसम्म उत्खनन् पूर्ण रूपमा बन्द हुँदैन तबसम्म आफ्नो समर्थन यहाँका जनतालाई हुने धारण प्रकट गरेका थिए । कम्पनी पक्षले कुनै पनि हालतमा पूर्वसम्झौता पूरा गर्न नसक्ने कारण खानी सञ्चालन सम्भव नभएको र सुरुवातदेखि नै आफू विरोधमा लागेको जानकारी गराएका थिए ।
नेपाली काङ्ग्रेस जिल्ला सभापति कमल भुसालका अनुसार कलकारखाना बन्द गरिनुपर्छ भन्ने नीति काङ्ग्रेसको नभए पनि यो उत्खनन्मा कम्पनीले राज्यसँग गरेका सम्झौता कार्यान्वयन नगरेको कारण आफ्नो पार्टी जनताको पक्षमा उभिएको र नब्बे प्रतिशत यहाँका जनता आफ्नो पार्टीका भएको कारण केही साना पार्टीले चुनढुङ्गा उत्खनन् सम्बन्धमा जनतालाई भ्रम पारी राजनीति गर्न खोजेको धारण प्रकट गरेका थिए ।
राजमो केन्द्रीय सदस्य सागर केसी र नेकपा माओवादीका जिल्ला सहइन्चार्ज भोला बस्याल सेक्रेटरी बाबुराम घिमिरे भुवनलगायतका वक्ताहरूले आफ्नो भनाइ राख्ने क्रममा आफूहरूले सुरुवातदेखि नै खानी बन्द गरिनुपर्छ भन्दै आन्दोलनमा हिँडेको र हाल नेपाली काङ्ग्रेसले पनि समर्थन जनाएकोमा काङ्ग्रेसलाई धन्यवाद दिएका थिए । उक्त धन्यवादको विरोध गर्र्दै काङ्ग्रेस सभापति भुसालले भने, ‘हामी प्रजातन्त्रमा विश्वास गर्दछौँ र आन्दोलनबारे निर्णय लिँदा पनि सोचेर अनि सबैलाई समेटेर अगाडि बढ्ने पार्टी भएको कारण कसैले धन्यवाद दिन आवश्यकता नभएको बताएका थिए । जिल्ला सचिव वासुदेव आचार्यले जिल्लाको निर्णय अगाडि नै यस क्षेत्रका काङ्ग्रेसी जनताले खानी बन्द हुनुपर्ने अडान सार्वजनिक भइसकेको स्मरण गराएका थिए । बजार परिक्रमापश्चात् सभामा परिणत भएको उक्त कार्यक्रममा बार एसोसिएसनको तर्फबाट केबी भुसालले सुरुवातमा आफूले आन्दोलनका लागि कमान्ड गरेको र जनताको समर्थन न्यून भएको कारण आफू सफल बन्न नसके पनि अहिले आन्दोलन तीव्र बढेको कारण खुसी प्रकट गरेका थिए । उनी एनेकपा माओवादीका प्रभावशाली नेतासमेत मानिन्छन् । जिल्लामा र केन्द्रमा बस्ने केही फटाहाका कारण नरपानीजस्तो चिसो ठाउँमा जनता लामो समयसम्म धर्ना बस्दा माग सम्बोधन नगरिनु खेदजनक भएको धारणा काङ्गे्रस नेता सूर्य अधिकारीले व्यक्त गरेका थिए भने पाणिनी क्याम्पसका प्राध्यापक जर्नादन भुसालका अनुसार नर्चनाचल पर्वतलाई जडीबुटी निकासीका लागि भारतलाई ठेक्का दिए पनि वार्षिक तीन करोड आम्दानी हुने बताएका थिए ।
खानी बन्दका अध्यक्ष पदम केसीका अनुसार खानी बन्द र राज्यले गरेको सम्झौता क्यान्सिल नगरेसम्म धर्नालगायतका आन्दोलन नरोकिने धारणा व्यक्त गरेका थिए भने मन्तव्यकै क्रममा राजमो केन्द्रीय सदस्य सागर केसीले जिल्लामा पञ्चायती शैलीका प्रशासन आएका कारण जनताको माग सम्बोधन हुन नसकेको धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना

काठमाडौं । राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्

आजको प्रमुख समाचार