एमाओवादीका कुरा बुझी नसक्नु : नेता खाँड

१७ पुष २०६९, मंगलवार २३:११ मा प्रकाशित

रुपन्देही, १८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले एमाओवादीबाट अब कोही पनि दिग्भ्रमित हुन नहुने बताएका छन् । ३७ औं राष्टिय एकता तथा मेलमिलाप दिवसको अवसरमा वीपी चिन्तन प्रतिष्ठान रुपन्देहीले मंगलबार आयोजना गरेको विचार गोष्ठिमा बोल्दै नेता खाँडले एकीकृत माओवादीको चरित्र युज एन्ड थ्रोको रहेको टिप्पणी गर्दै माओवादीले सक्नेलाई सिद्धाउने र नसक्नेलाई प्रयोग गर्ने भएकाले कोही पनि भ्रममा हुन नहुने बताए ।
कुनैबेला आफूले प्रमुख सत्रु ठानेका तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवालसँग केही दिनअघि उनकै निवासमा पुगेर प्रचण्डले राजनीतिक बहस र्गनुले पनि एकीकृत माओवादीका कुरा बुझीनसक्नु भएकोे टिप्पणी गरे । उनले नयाँ सरकारको लागि दलबाहिरको नेतृत्व स्वीकार्य नहुने  भन्दै दलभित्रका बाहेक अरु प्रधानमन्त्री हुनै नसक्ने दाबी गरे ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

आजको प्रमुख समाचार