लुम्बिनी एक्स्पोमा ३५ करोडको कारोबार

१७ पुष २०६९, मंगलवार २३:०९ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १८ पुस । नेपाल राष्ट्रबैंकका गभर्नर डा. युवराज खतिवडाले धितो लिन नसक्नेले सरल व्याजमा कर्जा पाउनु बैंकिङ क्षेत्रको ठूलो उपलब्धि भएको बताएका छन् । अति विपन्न र धितो लिन नसक्ने सर्वसाधारणले सरल ब्याजदरमा ऋण पाउनुलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्ने उनले बताए । ‘बैंकको साईनबोर्ड टाँगेर मात्र हुँदैन, सरल ब्याजदर प्रवाह गरेका छन् वा छैनन् भन्ने महत्वपूर्ण कुरा हो, तर बैंकहरुले सरल ब्याजदरमा क्रण प्रवाह गरेका छन्’ –खतिवडाको दाबी थियो । कतिपय उद्योगी व्यवसायीले बैंकको ब्याजदर चर्को रहेको कुरा उठाइरहेको भन्दै उनले आफू उद्योगी–व्यवसायीहरुसँग बसेर ब्याजदरबारे छलफल गर्न तयार रहेको जनाए ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो २०६९, अन्तर्राष्ट्रिय व्यापार मेलाको मंगलबार आयोजित समापन समारोहमा गभर्नर खतिवडाले देशको आर्थिक क्रियाकलाप वृद्धि गर्न मेला तथा प्रदर्शनीहरुले उर्जा प्रदान गरेको उल्लेख गरे । व्यापार मेलाहरुले उत्पादक र उपभोक्ताबीच सोझो सम्बन्ध स्थापित गरी उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने र यसबाट रोजगारी सिर्जना हुने भएकाले देश आर्थिक समृद्धिको बाटोमा जाने पनि उनको भनाई छ ।
कार्यक्रममा एमाओवादीका पोलिटब्यूरो सदस्य चन्द्रप्रकाश खनालले दलहरुबीच एकीकृत विकास योजना हुनु जरुरी रहेको उल्लेख गरे ।
यसैबीच पुस ६ गतेदेखि सञ्चालन भएको लुम्बिनी एक्स्पोको साढे ९ लाख दर्शकले अवलोकन गरेका छन् । १२ दिनसम्म चलेको मेलामा करिव ३५ करोडको कारोबार भएको व्यापार संघका अध्यक्ष टंक पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

आजको प्रमुख समाचार