प्रचण्डलाई कोइरालाको प्रश्न– के मैले घाँटी काटेर दिउँ ?

१७ पुष २०६९, मंगलवार २२:४८ मा प्रकाशित

काठमाडौं, १८ पुस । छिमेकी मित्रराष्ट्र भारतको पाँचदिने भ्रमणबाट राष्ट्रपति डा. रामवरण यादव फर्कनुभएपछि अवरुद्ध राजनीतिले निकास पाउने अपेक्षा सर्वत्र गरिएको भए पनि अपेक्षाअनुरूप राष्ट्रपतिबाट कुनै ठोस कदम चालिएन । गत आइतबार बिहान मधेसी मोर्चासहित चार दलका नेताहरूलाई राष्ट्रपतिले शीतलनिवासमा बोलाएर छलफल त गर्नुभयो, तर त्यसबाट पनि कुनै निकास निस्कने सम्भावना देखिएन । राष्ट्रपतिले उपस्थित नेताहरूलाई सहमतिको प्रक्रिया कहाँ पुगेको छ भन्ने प्रश्न गर्दै दलहरूबीच सहमति बन्न नसक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नराम्रो सन्देश गएको बताउनुभयो । उहाँले निकासको मार्ग बताउनुको सट्टा फेरि पनि दलका नेताहरूसँग प्रश्न राख्नुभयो, ‘भन्नुहोस्, अब म के गरौँ ?’ बैठकमा सहभागी एमाओवादी अध्यक्ष प्रचण्डले काङ्गे्रस सभापति सुशील कोइरालातर्फ लक्षित गर्दै सबैले आ–आफ्ना अडान छोडेर त्याग गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।

प्रचण्डका कुरा सुनेपछि सुशील कोइराला क्रूद्ध हुनुभयो र भन्नुभयो, ‘हामीले त्याग गर्नुपर्ने र गर्नसक्ने जति गरिसकेका छौँ । तपाईंहरू उम्मेदवार तय गर्नुहोस् भनियो हामीले उम्मेदवार पनि तय ग¥यौँ । अब अनेक बखेडा झिकेर सहमति बन्न नदिने काम भइरहेको छ, के मैले अब आफ्नो घाँटी नै काटेर दिनुपर्ने हो ?’ कोइराला घाँटी काटेर दिन नसकिने बताउँदै जुरुक्क उठ्नुभयो र रिसाउँदै बैठक कक्षबाट बाहिरिनुभयो । राष्ट्रपति तथा अन्य सहभागी नेताहरू कोइरालालाई बैठकमा बस्न आग्रह गर्दै हुनुहुन्थ्यो, कोइरालाले कसैको कुरा सुन्नुभएन र मलाई लमजुङ पुग्नुछ भन्दै बाहिरिनुभयो । त्यसपछि राष्ट्रपतिले सहभागी नेताहरूसँग केहीबेर छलफल गर्नुभयो र दलका नेताहरूको आग्रहमा सहमतिका लागि पाँच दिन थप गरिने निर्णय सुनाउनुभयो । पाँच दिनभित्र पनि सहमति बन्न नसके थप अर्को पाँच दिन थप गरिने भएको छ । अर्को पाँच दिनभित्र भने कुनै न कुनै नयाँ निर्णय लिइने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनगढी।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जीत सुनिश्चित भएको छ । प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७

काठमाडौं संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट

आजको प्रमुख समाचार