प्रियंका कार्कीलाई देख्दा सेक्सुअल डिजाएर बढ्छ -राज घिमिरे, नायक-मोडल

१३ चैत्र २०६८, सोमबार २०:३८ मा प्रकाशित

तपाईंको डेब्यु मुभी ‘चपली हाइट’ ब्लकबस्टर हिट भयो। कस्तो ‘फिल’ गरिरहनुभएको छ? एउटा कलाकारलाई आफ्नो फिल्म सफल हुनु जतिको खुसी र सन्तुष्टि अरू कहिले मिल्ला र? यस अर्थमा म निकै खुसी छु। त्यसको लागि म दर्शकलाई धन्यवाद दिन चाहन्छु, जसले मेरो कामलाई यति धेरै मन पराइदिनुभयो। आलोक नेम्बाङ दाइलाई पनि विशेष धन्यवाद छ। किनभने उहाँले नै राज घिमिरे भनेको यो हो, यो क्यारेक्टरलाई सुट हुन्छ भनेर त्यो ठाउँसम्म पुर्यानउनुभएको थियो। यससँगै, चपली हाइट टिमप्रति पनि आभारी छु।

यो अवस्थासम्म आइपुग्न गरेको संघर्षलाई कसरी सम्भि्कनुहुन्छ?
मलाई लाग्छ, संघर्ष बिना सफलता पाइँदैन। कथम्कदाचित पाइयो भने पनि त्यो स्वादिलो हुँदैन। त्यसैले अहिले मलाई जुन सफलता मिलेको छ, त्यसका लागि मैले जति संघर्ष गरेँ, त्यो अनिवार्य थियो। तर यति नै पर्याप्त छैन। आफ्नो आफन्त कोही नभएको यो क्षेत्रमा यहाँसम्म आइपुग्नुलाई मैले सानो कुरा मानेको छैन, तर यात्रा अझ धेरै लामो छ, संघर्ष पनि अझ धेरै गर्नुछ। त्यसका लागि म तयार छु।

हिरो हुने रहर कहिलेदेखि पलायो?
मलाई बच्चा हुँदा ‘यो बन्छु र त्यो बन्छु’ भन्ने नै थिएन। त्यसैले कहिल्यै पनि आमाको फरियाको छेउ समातेर ‘आमा, आमा, म हिरो हुन्छु’ भनिन्। तर अलि ठूलो भएपछि नाम र दाम दुवै कमाउनुपर्छ भन्ने लाग्यो। यद्यपि पनि कलाकारिता मै लाग्ने पक्का भएको थिएन। त्यस्तैमा एक दिन लगनखेलको अस्पताल अगाडि रमेश उप्रेतीको ठूलो होर्डिङ बोर्ड देखेँ। सबै मान्छे त्यतैतिर हेर्थे। त्यही बेला मैले पनि त्यो बोर्डको मुनि बसेर ‘म पनि एक दिन यसैगरी बोर्डमा देखिन्छु’ भनेर संकल्प गरेँ।
भनेपछि तपाईंको सपना त पूरा भएछ नि? आज सहरका चोकचोकमा तपाईंको पोस्टर र होर्डिङबोर्ड छ।
त्यो सपना त लगभग पूरा भयो तर त्यसभन्दा पछाडि अरू सपनाहरू थपिएका छन्। तिनीहरूलाई पनि साकार पार्नुछ।

चपली हाइटको सफलताले तपाईंको करियरमा कस्तो प्रभाव पार्छ?
पहिलो फिल्म नै हिट भएकोले मेरो करियरलाई ‘प्लस पोइन्ट’ त पुर्यापइहाल्छ। तर यसलाई नै सबथोक ठानेको छैन। सानो हुँदा आमाले भन्नुहुन्थ्यो, ‘छोरा, सफल भयो भने मात्तिने र असफल भयो भने आत्तिने गर्नुहुँदैन।’ मैले आमाको यो उपदेशलाई मनमा राखेको छु। त्यसैले, मलाई थाहा छ, सफलता पाउनुभन्दा त्यसलाई बचाइराख्नु ठूलो कुरा हो, म अहिले यही सफलतालाई बचाइरहने बाटोमा छु।

साँच्चै यो फिल्मबाट कति पारिश्रमिक लिनुभयो?
मैले अनुहार देखाउनको लागि मात्र फिल्म खेलेको होइन। त्यसैले अरूले हिरोले पहिलो फिल्ममा लिएको भन्दा बढी लिएको छु। तर यति नै चाहिँ नभनौं।

तपाईं त पैसावाला मान्छे फिल्म बनाउने योजना छ होला नि?
–म पैसावालाभन्दा श्रमजीवी हुँ। र, मैले आफूलाई राम्रोसँग चिनेको छु। म सधैं हिरो बन्दिनँ। तर दर्शकले मलाई माया गरिरहनुहुन्छ, त्यसैले यो लाइनलाई छोडदिनँ। त्यो बेला फिल्म बनाउन सक्छु। अझ मेरो क्षमता विकास भयो भने निर्देशन पनि गर्न सक्छु।

तपाईंका प्रतिस्पर्धी नायकहरू को–को हुन्?
राज घिमिरेको प्रतिस्पर्धी राज घिमिरे नै हो। किनभने मैले यो चलचित्रमा जति राम्राे काम गरँे, अर्को चलचित्रमा योभन्दा राम्राे गर्नुपर्छ। त्यसैले अरूलाई मैले प्रतिस्पर्धी मानेको छैन। तर मलाई आर्यन सिग्देल, जीवन लुइँटेल र राजवल्लभ कोइराला असाध्यै मनपर्छ।

कस्तो भूमिकामा देखिने रहर छ?
म सबै खालको भूमिका गर्न सक्छु भन्ने आत्मविश्वास छ। यद्यपि दबंगमा सलमान खानको जस्तो रोल पाएँ भने अझ बबाल गर्छु होला।
थोरै प्रसंग बदलौं, यो चलचित्रको लागि पहिलो पटक कुन सट दिनुभएको थियो?
ओ हो! त्यो क्षण सम्झँदा त अहिले पनि हाँसो उठ्छ। पहिलो सट नै विनितालाई लखेटेर बरण्डामा लगेर किस गर्नुपर्ने थियो। डाइलग बोल्न रेडी भएको मान्छे किस गर्नुपर्दा त सातोपुत्लो उड्यो। तपाईंलाई भनिहालुँ, मेरो किस खाइरहने बानी छैन।
अलि बढी गफ दिनुभयो कि जस्तो लाग्यो? मैले सुनेको त्यस्तो रोमान्स सिन गर्दा त हिरोहरू चान्समा डान्स गर्छन् रे?
त्यस्तो चान्समा डान्सभन्दा पनि हल्काफुल्का त भइहाल्छ। तर यो चलचित्र गर्दा मैले कहिले पनि त्यस्तो फिल गरिनँ। सायद उहाँ (विनिता) ले तान्न सक्नु भएन। अरू केटीले छोयो भने जिउ सिरिक्क हुन्थ्यो। तर उहाँले छुँदा त न सिरिक्क, न चिरिक्क!

विनिताको ठाउँमा को हुनुपर्थ्यो त जिउ सिरिक्क पार्न?
सायद प्रियका कार्की वा झरना बज्राचार्य भइदिएको भए आगो बल्थ्यो होला।

तपाईंलाई कस्ती केटी सेक्सी लाग्छ?
प्रियका कार्कीजस्ती। मेरो लागि नेपालको सबैभन्दा सेक्सी केटी नै उही हो।

प्रियंकाको के कुरा त्यति धेरै सेक्सी लाग्छ?
उहाँमा जे–जे छ, त्यो सबै कुरा सेक्सी लाग्छ।

कस्तो खालको केटी तपाईंको जीवनसाथी हुन सक्छे?
प्रियंका जस्तो। एउटा कुरा ध्यान दिनुस् है, मलाई प्रियंका चाहिएको होइन्, तर ऊजस्तै चाहिएको। उसमा केटीमा हुनुपर्ने सबै गुण छ।

सधै प्रियंका–प्रियंका भन्नुहुन्छ। ‘दालमा कुछ काला हें?’
बिल्कुल नहीँ। उहाँ आफ्नै संसारमा रमाइरहनुभएको छ, म मेरै। यत्ति हो कि उहाँलाई देख्नासाथ मलाई सेक्सुअल डिजाएर आउँछ।

बिहे कहिले गर्ने?
प्रियंकाजस्ती पाए भने गरिहाल्छ।

अन्त्यमा, एउटा प्रश्न, चपली हाइट हिट भयो तर चर्चा विनिताको मात्र छ। यसले तपाईंको चित्त दुखाएको छैन?
विल्कुल छैन। यो त खुसीको कुरा हो। (हाँस्दै) हाम्ले पनि कपडा नलगाई खेलेको भए यस्तै चर्चा हुन्थ्यो होला नि। अर्कोकुरा, उहाँ नेपाली नायिकाले गर्न नसकेको किस सिन र बेड सिन गर्नुभयो, त्यसैले चर्चा भयो। यद्यपि उसको अभिनय पनि धेरै राम्रो छ। मेहनत पनि धेरै गरेको छ। फेरि उसको चर्चामा आउने काइदा पनि अच्चम–अच्चमको छ। त्यसैले मैले उसको चर्चालाई सामान्य रूपमा लिएको छु।
प्रस्तुतिः गोकर्ण गौतम

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले