चितवन महोत्सव पुस तेस्रो सातामा

१७ पुष २०६९, मंगलवार १७:१७ मा प्रकाशित

काठमाडौं, १७ पुस । चितवनको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि आगामी २५ पुसदेखि नारायणगढमा ‘चितवन महोत्सव ०६९’ एवं मध्यमाञ्चल औद्योगिक तथा व्यापार मेला सञ्चालन हुने भएको छ ।
उद्योग वाणिज्य संघ चितवन, जिविस, भरतपुर नगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा नवौँ संस्करणका रूपमा २५ पुसदेखि ५ माघसम्म मेला आयोजना हुने भएको हो ।
हरेक २र२ वर्षमा सञ्चालन हँुदै आएको महोत्सवमा ८ वटा विषेश स्टल, १८ वटा अन्तर्राष्ट्रिय स्टलका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, अटो परिसर, सूचना प्रविधि, चित्रकला मूर्तीकला तथा स्थानीय खाना र उत्पादनका ४ सय ४० भन्दा बढी रहने महोत्सव मूलआयोजक समितिका संयोजक तथा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष डा। तिलचन्द्र भट्टराईले जानकारी दिए । महोत्सवले लगानी वर्षलाई मुख्य आधार बनाई लगानी गर्न चाहने सबै लगानीकर्तालाई एकैथलोमा केन्द्रित गराउने र त्यसको नीति निर्माणमा सहजता ल्याउन तीनदिने राष्ट्रियस्तरको गोष्ठीसमेत आयोजना गरिएको सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टराईले जानकारी दिए ।
४ लाख ५० हजार दर्शकले अवलोन गर्ने अपेक्षा गरिएको सो महोत्सवमा राखिएका स्टलका लागि ५ करोड रुपियाँको बिमा गरिएको र २५ हजारभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा रहेको संयोजक भट्टराईले जनाए । महोत्सवको राष्ट्रपति डा। रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस्तै, सो महोत्सवको मूलप्रायोजक वैद्यज अर्गनाइजेसन रहेको जानकारी पनि सो अवसरमा दिइएको थियो ।
गोष्ठीमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञ, गैरआवसीय नेपाली, नीति निमार्ता तथा लगानीकर्ताको उपस्थिति रहने जनाइएको छ । सो कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड, गैरआवासीय नेपाली संघको प्रायोजनमा हुने छ । ‘लगानी वर्षलाई सफल बनाउने र लगानीका क्षेत्र पहिचान गर्ने, तथा योजना बनाउने कुरामा महोत्सवकै अवसरमा लगानी केन्द्रित गोष्ठी आयोजना भएको हो,’ पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले भने, ‘चीन र भारतका विज्ञ र लगानीकर्ताको यसमा सहभागिता हुने छ ।’
चितवन जिल्ला कृषि, पर्यटन, जलविद्युत्लगायत क्षेत्रमा अग्रस्थानमा रहेकाले महोत्सवको माध्यमबाट आन्तरिक तथा बाहिरी लगानी भित्र्याउन लागिएको आयोजकको भनाइ छ । मेला प्रवद्र्धका रूपमा नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र गैरआवसीय नेपाली संघ छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

आजको प्रमुख समाचार