‘समस्याको जड बाबुराम हुन्’

१७ पुष २०६९, मंगलवार १७:१० मा प्रकाशित

काठमाडौं, १७ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराई समस्याको जड भएको आरोप लगाएका छन् ।
उनले प्रधानमन्त्रीको सर्वसत्तावादी सोचका कारण राष्ट्रिय सहमतिमा बाधा खडा गरिरहेको बताएको बताए । प्रधानमन्त्री सहमतिका लागि त्याग, जनता, मुलुकको पक्षमा नभइ कुर्सी मोह, सत्ता लिप्सामा प्रधानमन्त्री केन्द्रीत रहेको नेता नेपालले आरोप लगाएको राससले आफ्नो समाचार बुलेटिनमा उल्लेख छ ।
सरकारको नेतृत्व गरेका बखत वातावरण, प्रकोप र जलवायु परिवर्तनका विषयमा स्वदेशी तथा विदेशी मञ्चहरुमा प्रधानमन्त्रीको हैसियतमा नेता नेपालले दिएका मन्तव्यहरुको सङगालोका रुपमा प्रकाशित ‘इन्भारोन्मेन्ट, डिजास्टर एन्ड क्लाइमेट चेन्ज’ नामक पुस्तकको आज लोकार्पण गर्दै उनले सो कुरा बताएका हुन्।
उनले भने– देश डुबोस्, जनताले दुःख पाउन्, प्रधानमन्त्रीलाई केही मतलब छैन, उनको सबै ध्यान प्रधानमन्त्रीको कुर्सीमा छ, अहिलेको सबै समस्याको जड बाबुराम भट्टराई नै हो ।

सत्तामा बसेकाहरुमा नैतिकताको खडेरी देखिएको र त्यसले समस्यालाई सुल्झाउनुको साटो बल्झाउने काम गरेको नेता नेपालले बताए। प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नासाथ सहमतिको बाटो फराकिलो हुने तर्क गर्दै नेता नेपालले उनको बहिर्गमनले अवरुद्ध सहमतिको बाटो खुल्ने बताए । वैशाखमा चुनाव भएन भने देश सङकटमा जाने, ठूलो समस्यामा फस्ने भएकाले यसबाट जोगाउन मुलुकवासीले अहिलेदेखिनै गलत प्रवृत्ति बोकेकालाई रोक्न अग्रसरता लिनुपर्ने नेता नेपालको तर्क थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार