बार्ताको नाटकबाट बाहिरिने एमाले नेता ज्ञवालीको चेतावनी

१७ पुष २०६९, मंगलवार १६:४८ मा प्रकाशित

नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले जेठ पहिलो साता निर्वाचन गर्ने गरी सहमति नगर्ने भए एमाले वार्ताको नाटकबाट बाहिरिएर आन्दोलनमा जाने चेतावनी दिए । आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भने, ‘अब एमाले बार्ताको म्याराथुनबाट बाहिर निस्कन्छ अर्थहिन वार्ताको नाटकमा बसेर हुँदैन । हाम्रो बार्ताको अहिलेसम्मको सदासयतालाई कमजोरी ठानियो । अब एमाले मुर्ख बनेर बस्दैन ।’
निर्वाचनको सुनिश्चितता, संविधान संसोधन, रिक्त संबैधानिक आयोगको पदपुर्ति, संविधानसभाको आकार, संविधानसभाले गरेका राम्रा कामहरु हस्तान्तरण र त्यसको लागि सहमतिको सरकार यो प्याकेजमा सहमति नभई सहमति बन्नै नसक्ने भन्दै एमाओवादी निर्वाचन र संसद नहुँदा सत्ता लम्ब्याई रहन पाईन्छ भन्ने सोचमा रहेको आरोप लगाए ।
अलिहेको अवस्था जेठमा समेत निर्वाचन हुन नसक्ने भएको दावी गर्दै उनले प्रचण्डको बोली फेर्ने चरित्रका कारण मुलुक अप्ठ्यारोमा परेको आरोप लगाए । समाज अराजक र मानविय मुल्य मान्यता शुन्य हुँदा समेत महिला हिंसाका पछिल्ला घटनाको विषयमा समाज आन्दोलित नभएकोमा चिन्ता ब्यक्त गर्दै अब राजनीतिक दलहरुले महिला हिंसा अन्त्यको अभियानमा सहमति बनाउनु पर्ने बेला आएको बताए ।
पछिल्ला घटनाहरुले समाज अपराधिकरण तर्फ उन्मुख हुन थालेको भन्दै चेतनासँग राज्य र कानूनको डर स्थापित गराउने दिशामा अघि बढ्नु पर्ने उनको तर्क थियो । महिला हिंसाको घटना पुरुष अस्थित्वमाथिकै प्रश्न भएको भन्दै उनले कानून प्रयाप्त नभए कानून बनाएर भए पनि राज्यले तत्काल कडा कदम चाल्नु पर्ने धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार