निर्वाचनको ग्यारेन्टी नभई सहमति हुँदैनः मन्त्री बोगटी

१७ पुष २०६९, मंगलवार १६:४० मा प्रकाशित

काठमाडौ, १७ पुस । सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पोष्टबहादुर बोगटीले बर्तमान सरकारको सम्मानजनक बर्हिगमन र निर्वाचनको ग्यारेन्टी नगर्दा सम्म दलहरुवीच सहमति बन्न नसक्ने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले संविधानसभामा भएका सहमतिबाट पछि नहट्ने, पहिचान सहितको संघीयता, सबैधानिक निकायमा पदपुर्ति, निर्वाचनको घोषणा र त्यसको लागि सहमति नभएसम्म अर्को सरकार बन्नै नसक्ने ठोकुवा गरे ।
साक्षात्कारमा मन्त्री बोगटीले भने–काग्रेस सभापति सुशिल कोइराला हुँदैन भनेर हामिले भनेका छैनौ । तर बाबुरामजीमाथि पनि छुवाछुत गर्नु भएन । प्याकेजमा सहमति भए सुशिल जी पनि स्विकार्य छ । पहिलो चरणमा सहमतिको सरकारबाट निर्वाचनको सुनिश्चित हुनु पर्छ अनि दोस्रो चरणमा निर्वाचन गराउन सहमतिको सरकार गठन गर्न हामि तयार छौ ।
निर्वाचन नभए सक्रमण नछोट्टीने र यसले मुलुकको राष्ट्रिय स्वाधिनतामा गंभिर असर पर्ने भन्दै उनले आफ्नो पार्टी निर्वाचनको पक्षमै रहेको स्पष्ट पारे । बोगटीले भने–हामि निर्वाचनको पक्षमा छौ । निर्वाचन नभई समाधान निश्किदैन । निर्वाचनको विकल्प छैन तर विन विन सिच्यूसेसन निकाल्नु पर्छ । अडानमात्रै लिएर हुँदैन । पुनःस्थापनाको कुरा विकल्प मात्रै हो । निर्वाचन नहुने भए यसरी समाधान गरौ नत भन्ने ।
महिला हिंसाका घटना समान्तबादी सोचको उपज भएको भन्दै उनले यसको अन्त्यको लागि दलहरुको सामूहिक प्रयत्न र प्रतिबद्धता आवश्यक रहेको बताए । सरकारको प्रयत्नले मात्रै केही हुन नसक्ने भन्दै उनले यसको लागि सामूहिक प्रयास र चेतावनाको आवश्यकता रहेको औल्याए ।
पछिल्ला समयमा श्रंखलाबद्ध रुपमा घटेका घटना पुरातन सोच र समाजको विकासको अन्र्तविरोध भएको भन्दै उनले नियन्त्रणको लागि नयाँ दण्ड विधीको निर्माणमा जोड दिए । उनले पछिल्ला घटनाहरुमा सरकारले पीडकहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिदै कर्मचारीहरुलाई समेत पक्राउ गरेर कारवाही गर्ने निर्णय सरकारले गरिसकेको बताए ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य दिपकुमार उपाध्यायले समयमै सहमति नगर्ने भए मुलुकमा भयंकर दुर्घटना हुने दावी गर्दै त्यसपछि नेपालको राजनीति नेपालीको हातमा नहुने चेतावनी दिए ।
आफै हारेर भए पनि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले निर्वाचन गराएकोले अहिले पनि काग्रेसको नेतृत्वमा निर्वाचन सुनिश्चित हुने दावी गर्दै उनले निर्वाचन नहुने स्थितिमा नेतृत्वको विषयमा छलफल हुन नसके पछि प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्व कुनै पनि हालतमा स्विकार्य हुन नसक्ने स्पष्ट पारे ।
दलहरु सहमतिको नजिक पुगेको अवस्थामा अचानक सहमति हुन नसक्नुमा कुन अदृष्य शक्तिको हात छ भनि प्रश्न गर्दै उपाध्यायले अब पनि सहमति हुन नसके नेपाली काग्रेसले राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको पुर्नप्राप्तिको रुपमा आन्दोलन गर्ने चेतावनी दिए ।
प्रधानमन्त्रीले काग्रेस सभापति हुँदैन भन्नु उनको लागि नै घातक हुने दावी गर्दै निष्ठाको राजनीति गर्ने मान्छेलाई हिलो छ्याप्ने काम नगर्न सुझाव दिए । मानवीय मुल्य मान्यतामा कमि आउनु र विधीको शासन नहुनुले महिला हिंसाका घटना बढेको दावी गर्दै सामाजिक जागरुकता बढाउन दलहरु सामूहिक रुपमा लाग्नु पर्ने बताए । उनले महिलामाथि भएका हिंसाका घटनाले राष्ट्रकै बेईज्जती गरेको भन्दै कारवाहीको लागि ईच्छा शक्ति देखाउन सरकारसँग माग गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास