बाँस्तोलाको पुनः शल्यक्रिया गरिदै

१७ पुष २०६९, मंगलवार १६:३८ मा प्रकाशित

काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका नेता चक्र बाँस्तोलाको दिल्ली स्थित मेदान्त अस्पतालमा आज दिउँसो देखि पुनः मस्तिष्कको शल्यक्रिया गरिदै छ । उनको यसअघि सिलगुडी स्थित न्युरो अस्पतालमा पहिलोपल्ट मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।
बाँस्तोलाका भतिजा ताराले दिएको जानकारी अनुसार मस्तिष्कमा जमेको पानी बाहिर निकाल्न शल्यक्रिया थालिएको हो । सिलगुडीमा मस्तिष्कमा जमेको रगत सफा गरिए पनि नेता बाँस्तोला अचेत अवस्थामै लगातार तीन दिनसम्म भेन्टिलेटर रहेका थिए । उनको स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि गएराति ९ बजे सिलगुडीबाट एयर एम्बुलेन्समा राखेर दिल्लीको मेदान्त अस्पतालमा पु¥याइएको थियो । उनी पुस १४ गते बिहान एकाएक बेहोस भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

आजको प्रमुख समाचार