संसारकै मोटे पाल बने उदाहरणीय व्यक्ति

१७ पुष २०६९, मंगलवार ११:२८ मा प्रकाशित

यो तस्बिर हेर्नुहोस् र थाहा पाउनुहोस् कि यी व्यक्ति संसारकै सबभन्दा मोटो मानिसका रुपमा चिनिएका व्यक्ति हुन् । तस्बिर हेरेर तपाईंलाई विश्वास नलाग्न सक्छ, यत्तिको शरीर भएका व्यक्ति त संसारमा कति छन् कति, कसरी यी सबभन्दा मोटो कहलिए ? प्रश्न जायज छ, तर पाल मेसन नामका यी उनै बेलायती हुन् जसले संसारकै सबभन्दा मोटो मानिसका रुपमा गिनिज बुकमा नाम लेखाइसकेका छन् । तर आश्चर्य, तीन वर्षअघिसम्म ४ सय ४४ केजी तौल भएका पालले तीन वर्षकै अवधिमा २ सय ८६ केजी तौल घटाएर अर्को कीर्तिमान कायम गरेका छन् । हाल उनको शरीरको तौल १ सय ५८ केजी छ र उनी यसलाई अझै कम गर्ने धुनमा लागिपरेका छन् ।
कुनै समय थियो– जब पाल मेसन हरदम ओछ्यानमा पल्टिनुबाहेक अरु केही गर्न सक्दैनथे । ४ सय ४४ केजीको शरीरले उनलाई कतै हिँडडुल गर्न स्वीकृति नै दिँदैनथ्यो । संसारकै सबभन्दा मोटा व्यक्ति भन्ने गौरव त उनलाई मिलेको थियो तर आफैंलाई असहाय तुल्याउने यस्तो गौरवमा के खुसी मनाउनु भन्ने प्रश्नले उनलाई हरदम तनावमा राख्दथ्यो । यही तनावका कारण उनले निर्णय गरे कि जसरी पनि म वजन घटाएरै छाड्छु ।
अठोट गर्न जति सजिलो हुन्छ व्यवहारमा उतार्न त्यत्तिकै गाह्रो भन्ने त सर्वसिद्ध मान्यता नै हो । उनको खानपान र व्यवहार देखे–बुझेकाहरुले पालले आफ्नो तौल घटाउन सक्लान् भन्ने पत्याएका थिएनन् । तर, उनले छोटो अवधिमै त्यत्तिका वजन कम गरेर देखाइछाडे । अहिले १ सय ५८ केजीको शरीरका साथ उनी आममानिससरह जिन्दगी जिउन थालेका छन् । उनले यतिबेला गहनाको व्यापारसमेत सुरु गरेका छन् । यसरी, कोसिस गरे जस्तोसुकै तौल पनि घटाउन सकिँदोरहेछ भन्ने एक उदाहरण पनि बनेका छन् उनी ।
मोटाउने क्रममा पाल दिनमा २० हजार क्यालोरीयुक्त खानेकुरा खान्थे । सामान्यतया यो १० गुणा बढी मात्रा हुन आउँछ । हेर्दाहेर्दै ४ सय ४४ केजीका बन्न पुगे उनी, अनि त अर्काको सहारामा बाँच्नुपर्ने अवस्था आइहाल्यो । तौल घटाउनका लागि उनले खानपानमा कमी गरेको मात्र नभई पेटको अपरेशन नै गराउनुप¥यो ।
यतिबेला आफ्नो खराब दिनका अनुभव समेटेर पाल एक पुस्तक लेखिरहेका छन् भने खानपानको नराम्रो आदतबाट हुने बेफाइदाबारे मानिसलाई सचेत तुल्याउने अभियानमा छन् । उनको जीवनमा नयाँ गति मात्र आएको नभई एउटा गतिली जीवनसाथीको खोजीसमेत उनले गर्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतको कर्नाटकमा पहिलोपटक कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनका दुईजना संक्रमित फेला परेका छन्। भारत सरकारको प्रयास हुँदाहुँदै पनि नयाँ भेरियन्टका

न्यु योर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले

लस एञ्जलस । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका

काठमाडौँ ।२०१९ को मध्यतिरदेखि देखा परेको कोरोना भाइरसले अझै पनि विश्वलाई आक्रान्त पारिरहेको छ । समयसँगै परिवर्तन भइरहने यो भाइरसको

आजको प्रमुख समाचार