नेताहरु तटस्थ व्यक्तिको खोजीमा ?

१७ पुष २०६९, मंगलवार ०९:०८ मा प्रकाशित

काठमाडौं, १७ पुस । एकअर्काको नेतृत्व स्वीकार नगर्ने सत्तारुढ र विपक्षी दलको अडानका बीच राष्ट्रपति रामवरण यादवले सहमतीय नेतृत्वको चुनावी सरकार बनाउन मूख्य दलहरुलाई दिएको सातोँ समय–सीमा पनि त्यसै समाप्त हुने सम्भावना बढेर गएको छ । राजनीतिक निकासको ताला–चाबी बोकेका एमाओवादीका अध्यक्ष प्रचण्ड अचानक विदेश लागेका छन् भने अन्य दलका मुख्य नेताहरु पनि राजधानीबाहिर छन् । डेढ महिनाअघि राष्ट्रपतिबाट सुरु गरिएको सहमतिको सरकार बनाउने प्रक्रिया एउटा बिन्दुमा पुगेर रोकिन सक्ने सोचका साथ दलहरुबीच नयाँ बाटोको खोजी हुन थालेको बुझिएको छ ।
राजनीतिक गतिरोध अन्त्यका लागि भइरहेको वार्ताहरुमा सरिक रहँदै आएका विपक्षी नेपाली कांग्रेस र एमालेका कतिपय नेताहरु राजधानीबाहिर भए पनि उनीहरुले एकस्वरमा प्रधानमन्त्री भट्टराईका कारण सहमति बन्न नसकेको बताइरहेका छन्  । प्रमुख सत्तारुढ एमाओवादी र मधेसी दलका नेताहरु भने वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्नेमा जोड दिइरहेका छन् । केही समययता गति लिन नसकीरहेको ुहमतिको प्रयत्न पत्नीको स्वास्थ्य जाँचको बहाना बनाएर बिदेशिएका प्रचण्डको अनुपस्थितिमा झन् सून्य रहने निश्चित नै छ । यता आफैंले चालेका कदमबाट राष्ट्रपति अप्ठ्यारोमा परेका र अब यसरी धेरै अगाडि बढ्न उनका लागि पनि ठाउँ साँघुरिइसकेको सर्वविदित विषय हो ।
यस्तोमा, राजनीतिक समस्या निकासको उपाय खोज्न ढिलाई गरे आफूहरु समस्याको नयाँ दलदलमा फस्न सक्ने सत्तारुढ लगायत अन्य दलका नेताहरुमा पनि केही चेत पलाएको अनुभूति गरिएको छ । तत्कालीन राजसंस्थाविरुद्धको आन्दोलनमा हातेमालो गरेको  ६ वर्षमै एकअर्काबीच निषेधको विन्दुमा पुगेका मुख्य दलहरुबीच तटस्थ व्यक्तिको नेतृत्वमा चुनावी सरकारको गठन गर्नेबारे छलफल सुरु भएको बुझिएबाट यस्तो अनुभूति गरिएको हो । नागरिक समाजको नेतृत्व गरिरहेका देवेन्द्रराज पाण्डे, पूर्वसभामुख दमननाथ ढुंगानालगायतका व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउन सकिने पाटोबाट सोच्न थालिएको बताइन्छ । तर, दलहरुले वैकल्पिक वा तटस्थ बाटो अवलम्वन गरे भने पनि त्यस्तो तटस्थ व्यक्ति कसलाई मान्ने भन्नेबारेमा चाहिँ फेरि असहमतिको अर्को चरण सुरु नहोला भन्न सकिने अवस्था पटक्कै छैन । तसर्थ, ‘एकतिर खाडल अर्कोतिर भीर’को अवस्थामा नेपालको वर्तमान राजनीति पुगेको छ भन्दा अत्युक्ति हुने छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति