समृद्धिका लागि कांग्रेसले गरेका कामहरू “चर्चित प्रसंग” :: केदार सुवेदी

१७ पुष २०६९, मंगलवार ००:४७ मा प्रकाशित

नपाली कांग्रेस यथास्थितिवादी पार्टी हो, यसले देशलाई समृद्ध पार्दैन भन्ने आरोप लगाइन्छ। तर वस्तुस्थिति भने देशमा जेजति प्रगति भ ती कांग्रेसकै कालमा भएका तथ्यांकहरुले बताउाछन्। यहाँसम्म कि जनआन्दोलन–२ पछिका ७ बर्षमा नेपाली कांग्रेस र २ वामपन्थीहरुका ५ वर्षको शासनको तुलना गरियो भने पनि यसलाई समृद्ध बनाउन किन कांग्रेस नै चाहिने रहेछ भन्ने सम्म तथ्यांकले नै बताउँछन् यो पटक तिनै तथ्यगत विवरणहरु–
२०४६ सालको परिवर्तनपश्चात
– सार्वजनिक लगानीको ७० प्रतिशत हिस्सा ग्रामीण क्षेत्रतर्फ ग्रामीण पूर्वाधारको विकासमा जोड।
– दुर्गम पहाड र ग्रामीण क्षेत्रको सडक, बिजुली र सञ्चार सञ्जाल वृद्धि।
– शिक्षा, स्वास्थ्य, खानेपानी जसमा सामाजिक क्षेत्रमा कुल सरकारी लगानीको हिस्सा करिब २५ प्रतिशतबाट वृद्धि गरी ३५ प्रतिशत पुर्‍याइयो।
– यूएनडीपीको २०१० को मानव विकास प्रतिवेदनले स्वास्थ्य र शिक्षामा विगत दशकहरूमा चमत्कारिक प्रगति गर्ने तीनवटा मुलुकमध्ये नेपाल एक हो।
– औद्योगिक विकासमा सरकारी क्षेत्रको हस्तक्षेपकारी नीतिको अन्त्य गरी निजी क्षेत्रको लगानी प्रबन्धन गर्ने नीति अपनाइयो। त्यसको फलस्वरूप औद्योगिक क्षेत्र विस्तार भई १९९० को दशकमा नेपालको कुल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान ६ प्रतिशतबाट वृद्धि ९.५ सम्म पुग्यो। नयाँ लगानी नीति र भारतसँग भएको नयाँ व्यापार सन्धिको फलस्वरूप नेपालको निकासी व्यापार फस्टायो र आयातको करिब ६० प्रतिशत धान्न सक्ने भयो।
– गिर्दो आर्थिक विकासमा जोड।
– सहकारी नीति र कानुनको घोषणा।
– पर्यावरणीय संरक्षण नीति एवम् कानुन।
– मजदुरहरूको अधिकारको सुनिश्चितताको लागि ट्रेड युनियन कानुन।
– उद्योगधन्दा, पर्यटन, बैंकिङ्ग, हवाई, यातायात, सञ्चार क्षेत्रमा भएको अभूतपूर्व विकसाको फलस्वरूप राष्ट्रिय आय वृद्धि भयो। सरकारको राजस्व वृद्धि भयो। वृद्धि भएको राजस्वको फलस्वरूप ग्रामीण क्षेत्रमा लगानी बढ्यो।
– उदारीकरणको कार्यक्रमको फलस्वरूप आर्थिक गतिविधिहरू विस्तारित भई सरकारको राजस्वमा ठूलो वृद्धि। २०४८ मा करिव रु ११ अर्ब राजस्व उठेकोमा अहिले करिब ३०० अर्ब संकलन हुने अनुमान छ। यही वृद्धिदरका कारण समाज कल्याण र तल्लो वर्गको पक्षमा सरकारको लगानी बढ्न सकेको हो।
– तराईमा बृहत् सिँचाइ आयोजनाहरू।
– गरिबको रेखामुनि रहेको जनसंख्याको अनुपात ५९ प्रतिशतबाट झरेर हाल २५ प्रतिशतमा आएको छ।
– ग्रामीण विद्युतीकरणको कार्यक्रम विस्तारित भई विद्युत्सेवा प्राप्त गर्ने घरपरिवारको अनुपात ९ प्रतिशतबाट वृद्धि भई ६५ प्रतिशत पुगेको छ।
– देशभरि सडक सञ्जाल बढेर ग्रामीण क्षेत्र सुगम हुन पुगेको छ। सडक सञ्जाल करिब ७००० किमिबाट २३००० किमी पुगेको छ। काठमाडौं तराई दु्रतमार्ग मध्य पहाडी राजमार्गलगायत अनगिन्ती सडक निर्माण
– प्रति १ लाख महिलामा मातृ मृत्युदर ६५० बाट २२९ मा झरेको छ भने बाल मृत्युदर प्रति १००० मा १६१ बाट मा झरेको छ।
– नेपालको सरदर आयु ५३ वर्षबाट ६५ वर्षमा पुगेको छ।
– गैरकृषि क्षेत्र विस्तारित भई कृषिप्रतिको निर्भरता ८१ प्रतिशतबाट ६५ मा झरेको छ।
– अधिकारको निक्षेपण तल्लो तहसम्म पुर्‍याउनको लागि विकेन्द्रीकरणको कार्यक्रम ल्यायो। मालपोतको दर निर्धारण गर्ने अधिकार गाउँ विकास समिति/नगरपालिकालाई दिइयो। स्थानीय तहको विकास निर्माण भई जनताको प्रत्यक्ष सहभागिताका लागि उपभोक्ता सञ्जालमार्फत परियोजना सञ्चालन गर्ने नीति अपनाइयो।
– २०४८ मा १ मेडिकल कलेज र १ इन्जिनियरिङ्ग कलेज मात्र देशमा भएकोमा हाल यस्ता अनगिन्ती शैक्षिक प्रतिष्ठान खुलेका छन्। निजी क्षेत्रमा खुलेका यस्ता कलेजमा निश्चित प्रतिशत जेहेनदार छात्र/छात्रालाई छात्रवृत्तिका व्यवस्था गरियो।
– धरानमा बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालजस्ता राष्ट्रिय प्रतिष्ठानहरू स्थापना भए। देशका सबै गाविसका प्राथमिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य इकाइको स्थापना।
लक्षितवर्गका लागि अन्य कार्यक्रम
समाजमा रहेका असहाय, विपन्न र दलित वर्गलाई लक्षित गरी कतिपय कार्यक्रम सुरु गरियो जसले गर्दा यस्ता वर्गको जीवनस्तर उत्थान र राहतको लागि सहयोग पुगेको छ। यस्ता कार्यक्रम केही उदाहरणः
– ग्रामीण विकास बैंक, लद्युवित्तसम्बन्धी कार्यक्रमहरू गरिबसँग विश्वेश्वर र महिला जागृति कार्यक्रम, विधवा भत्ता, महिला, छात्रवृत्ति, दलित विद्यार्थी छात्रवृत्ति, कर्णाली उज्यालो कार्यक्रम, कर्णाली एक परिवार एक रोजगार कार्यक्रम, महिला आयोग, दलित आयोग एवं आदिवासी जनजाति प्रतिष्ठान आदि।
– छुवाछूतविरुद्धको कानुन।
– मोहीहरूको जमिनमा ५० प्रतिशत स्वामित्वसम्बन्धी कानुनी व्यवस्था।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

आजको प्रमुख समाचार