भ्रष्ट्राचारको बिरुद्धमा उत्कृष्ट कविता लेख्नेलाई पुरष्कृत गरिने

१७ पुष २०६९, मंगलवार ००:३१ मा प्रकाशित

सूर्य थापा, न्यूयोर्क । नेपालमा ब्याप्त भ्रष्ट्राचार बिरुद्धको अभियानमा सहयोगी हुने कबितालाई पुरष्कृत गरिने भएको छ । अमेरिकामा रहेर पनि नेपालको भ्रष्ट्राचार अन्त्यका लागी सक्रिय संस्था हेम सरिता पाठक प्रतिष्ठानले हेम सरिता अन्तराष्ट्रिय कविता प्रतियोगितामा प्रथम हुनेलाई एक हजार अमेरिकी डलर पुरस्कार प्रदान गर्ने भएको छ । संसारका जुनसुकै क्षेत्रमा रहेर पनी भाग लिन मिल्ने यस कविता प्रतियोगीतामा सहभागी कबिताहरु नेपालको भ्रष्ट्राचारको बिरुद्धमा केन्द्रित हुनुपर्नेछ ।

सन् २००९ मा अमेरिकाको टेक्सासमा स्थापना भएको यस प्रतिष्ठानका प्रमुख संरक्षक हेम प्रसाद पाठक द्धारा जारी प्रेश बिज्ञप्तीमा भनिएको छ “हाम्रो यस प्रयासले नेपालको भ्रष्टाचार उन्मुलनमा साहित्यिक क्षेत्रबाट दबाब दिनुका साथै साहित्यिक क्षेत्रमा कलम चलाउने कबिहरुलाई केहि हदसम्म सहयोग पुग्नेछ ”। ६ सय शब्द भन्दा धेरै नहुने गरि लेखिएका कबिताहरु फाल्गुन महिनाको मसान्त सम्ममा [email protected] मा पठाइसक्नु पर्नेछ ।

प्रतियोगितामा सहभागी कबिताहरुमध्येबाट सम्बन्धित क्षेत्रका बिज्ञहरु सम्मीलीत ३ सदस्यीय निर्णायक मण्डलले छनौट गर्ने बिज्ञप्तीमा जनाईएको छ । प्रतियोगीतामा प्रथम हुने कविलाई आगामी बैशाख ७ काठमाडौमा एक औपचारीक समारोहका बिच सम्मान तथा पुरस्कार बितरण गरीने पनी फाउण्डेसनले जनाएको छ । आफ्नो स्थापनाकाल देखी भ्रष्टाचारको बिरुद्धमा लागिपरेको फाउण्डेशनले हरेक बर्ष भ्रष्टचार बिरुद्ध कलम चलाउने ३ जना पत्रकारलाई तिन हजार अमेरिकन डलर, भ्रष्टाचार बिरुद्धमा गित गाउने गाएक तथा गायिका दुई जनालाइ दुई हजार डलर तथा उत्कृष्ट कविता लेख्ने एकजना कवि तथा कवियत्रीलाइ एक हजार डलर प्रदान गर्दैआएको छ ।

प्रतिष्ठानले गत असोजमा मात्र यो बर्षको लागी कान्तीपुर दैनिकका सम्पादक हरिबहादुर थापा र राजधानी दैनिकका सम्पादक राजन शर्मालाई रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार