कोलोराडोमा ३७ औँ राष्ट्रिय मेलमिलाप दिवस सम्पन्न

१७ पुष २०६९, मंगलवार ००:२५ मा प्रकाशित

गणेश राज भन्डारी, अमेरिका । नेपाली जनसंपर्क समिती अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा ३७ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै नयाँ बर्ष सन २०१३ को शुभकामना आदान प्रदान गर्ने कार्यक्रम एक समारोह बिच सम्पन्न भयो । उक्त कार्यक्रममा नेता भिमबहादुर तमाङ प्रती पनि श्रदान्जली अर्पण गरिएको थियो । उक्त कार्यक्रम च्याप्टरका कार्यबाहक सभापति श्री गणेशराज भण्डारीको अध्यक्षतामा भएको थियो। ज्ञात अज्ञात शहीद प्रती एक मिनट मौन धारण गरि शुरु गरिएको उक्त कार्यक्रममा बि पी र भिमबहादुर तमाङको तस्बिरमा फुल माला अर्पण गरीएको थियो ।

नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सद्स्य श्री धर्मराज श्रेष्ठले नव बर्ष २०१३ को शुभकामना ब्यक्त गर्दै वि पी एक सच्चा राष्ट्रबादी नेता हुनुन्थ्यो भन्नुभयो । नेपालको राष्ट्रियता खतरामा परेको महसुस गरेर उहाँ २०३३ साल पुष १६ गते मेलमिलापको निती लिएर स्वदेश फिर्ता हुनुभएको थियो भन्दै उहाँको मेलमिलापको निती अनुसार चल्न सकेको भए आज देशले यस्तो दुर्गती भोग्नु पर्दैन्थ्यो भन्नुभयो । साथै उहाँले नेता भिम बहादुर तमाङ प्रती पनि श्रदान्जली ब्यक्त गर्नुभयो।

पुर्व संयोजक एबम केन्द्रिय प्रतिनिधि जगन्नाथ गौतमले बि पि एक साहसिक युग पुरुष हुनुहुन्थ्यो भन्दै उहाँले राष्ट्रियताको निम्ती ज्यान हत्केलामा राखेर मेलमिलाप को निती लिएर स्वदेश फिर्ता हुनुभएको थियो भन्नुभयो । किसानको तस्बिर हेरेर योजना बनाउनु पर्छ भन्ने बि पिको सिद्धान्तलाई पालना गर्न नसक्दा, देश अहिले अशान्तीको चपेटामा परीरहेको छ भन्नुभयो। उहाँले सबै महानुभाबहरुमा नव बर्ष २०१३ को शुभकामना समेत ब्यक्त गर्नुभयो।साथै उहाँले नेता भिम बहादुर तमाङ प्रती पनि श्रदान्जली ब्यक्त गर्नुभयो।

पूर्व सल्लाहकार एबम केन्द्रिय प्रतिनिधि बुद्धी प्रसाद लामिछानेले नव बर्ष २०१३ को शुभकामना ब्यक्त गर्दै बि पि को मेलमिलाप नितीको चर्चा गर्नुभयो । उहाँले राष्ट्रियताको निम्ती बि पि ले चाइना र भारतसँग समेत टक्कर लिनुभएको कुरा जानकारी गराउदै बि पि को बहुआयामिक ब्यक्तित्वको बारेमा प्रकाश पार्नु भएको थियो । महामानव विपी कोइराला प्रजातान्त्रिक समाजवादका वख्याता हुनुहुन्थ्यो भन्दै उहाँ एक सफल राज नेता एबम साहित्यका शिखर पुरुपुरुष हुनुहुन्थ्यो भन्नुभयो ।साथै उहाले नेता भिम बहादुर तमाङ प्रती पनि श्रदान्जली ब्यक्त गर्नुभयो।

रक्की माउनटेन फ्रेन्डशिप अफ नेपालका जनसंपर्क अधिक्रित प्रेम काजी श्रेष्ठ ले नव बर्ष २०१३ को शुभकामना ब्यक्त गर्दै बि पि को मेलमिलाप निती को महत्व आज पनि पार्टी एबम नेताहरुको मेलमिलाप को सन्दर्भमा रहेको कुरा औल्याउनु भयो । साथै उहाले नेता भिम बहादुर तमाङ प्रती पनि श्रदान्जली ब्यक्त गर्नुभयो । पूर्व शिक्षक नुरेस्वर अधिकारीले वि पी कोइरालाको बहुआयामिक ब्यक्तित्वमाथि प्रकाश पार्दै विपीको मेलमिलाप को निती र समाजवाद मध्यमबाटनै देश बिकास हुन सक्छ भन्नु भयो।साथै उहाले नेता भिम बहादुर तमाङ प्रती पनि श्रदान्जली ब्यक्त गर्नुभयो।
च्याप्टरका सद्स्य एबम केन्द्रिय प्रतिनिधि श्रीमती महालक्ष्मीले शर्मा बि पि एकमहान नेता हुनुहुन्थ्यो भन्दै उहाको दुरदर्सिताको चर्चा गर्दै शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो। यसै गरी च्याप्टरका सद्स्य एबम केन्द्रिय प्रतिनिधि श्रीमती नीरा गौतमले शुभकामना मन्तव्य ब्यक्त गर्दै सम्पूर्ण आमन्त्रित महानुभाबहरुलाई स्वागत गर्नुभएको थियो। यसै गरी शुभकामना ब्यक्त गर्नेहरुमा सद्स्य एबम केन्द्रिय प्रतिनिधि श्रीमती भगवती लामिछाने, केन्द्रिय प्रतिनिधि मछेन्द्र श्रेष्ठ, कृष्ण राज सुबेदी, बन्दना भण्डारी, मोहन काजी श्रेष्ठ, आशिष श्रेष्ठ, उमेश प्रताप थापा, लालजी रेग्मी, सोना सुबेदी, राधा गुरागाइ, विरेन्द्र अधिकारी, बिष्णुराज अधिकारी, ज्ञानेन्द्र पौडेल, रमा अधिकारी, लक्ष्मी रेग्मी, सुलोचना लामिछाने आदी हुनुहुन्थ्यो।

अन्त्यमा सभापतिको आसनबाट कार्यबाहक सभापतिश्री गणेशराज भण्डारीले नव बर्ष २०१३ को शुभकामना ब्यक्त गर्दै मेलमिलापको निती मार्फत देशमा अबरुद्ध संबिधान निर्माण प्रकृयाले नयाँ चुनाव मार्फत गती पाओस र जनचाहना अनुरुपको प्रजातान्त्रिक संविधान बनोस भन्ने कामना गर्नुभयो। साथै उहाँले निस्ठाको राजनीति गर्ने नेता भिम बहादुर तमाङ प्रती पनि श्रदान्जली ब्यक्त गर्नुभयो। उहाँले आगामी कार्यक्रमहरुमा पनि सबैको यस्तै सक्रिय सहभागिता रहने आशा ब्यक्त गर्दै कार्यक्रमको लागि स्थान उपलब्ध गराइ दिने नेपाल कजिन रेस्टुरेन्ट लाई र उपस्थीत अथीती लगायत सम्पूर्णमहानुभावहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रम सन्चालन च्याप्टरका महासचिब श्री बिनोद गौलीले गर्नु भएको थियो । साथै उहाँले नेता भिम बहादुर तमाङको सँक्षिप्त जिबनी पढेर सुनाउनु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार