रोयल क्यासिनोबाट रानी पक्राउ

१६ पुष २०६९, सोमबार १८:०५ मा प्रकाशित

काठमाडौं, १६ पुस । कानूनले नै नेपालीलाई जुवाघरमा प्रवेश निषेध गरे पनि लुकीछिपी क्यासिनो धाउने नोपालीको कमी छैन । यही क्रममा दरवारमार्गस्थित रोयल क्यासिनो र लाजिम्पाटस्थित भेनस क्यासिनोमा जुवा खेलीरहेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
रोयल क्यासिनोबाट पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३४ बानेश्वर बस्ने ३४ बर्षीया रानी अधिकारी र भेनस क्यासिनोबाट पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका–१७ बस्ने २८ बर्षीय रविन श्रेष्ठ, कलंकी बस्ने धादिङ जिल्ला जीवनपुर घर भएका ३४ बर्षीय राजु धिताल र कलंकी बस्ने उदयपुर जिल्ला गाईघाट घर भएका ४२ बर्षीय सुमन श्रेष्ठ रहेका छन् ।
यसैगरी एक १९ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा दैलेख वडाभैरव–४ बस्ने २३ बर्षीय गणेश बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । निजले आइतबार राती बडाभैरव–२ बस्ने बुढा थरकी ती महिलालाई स्थानीय जंगलमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र