अश्लिल प्रकाशनको विरोधमा उपत्यका बन्दको घोषणा

१६ पुष २०६९, सोमबार १७:२८ मा प्रकाशित

काठमाडौं, १६ पुस । समाजमा महिला हिंसा चुनौतिको रुपमा खडा भएको बेला अश्लिल प्रकाशनले त्यसलाई झनै बढावा दिएको भन्दै अश्लिल प्रकाशनको विरोधमा शिव सेना नेपाल पार्टीले उपत्यका बन्दको घोषणा गरेको छ । सो पार्टीले आगामी पुस १९ गते उपत्यका बन्दको घोषणा गरेको हो । उनीहरुले नागरिक दैनिकको विहीबार प्रकाशित हुने ‘शुक्रवार साप्ताहिक’ले महिलाका नाङ्गा तस्वीर प्रकाशन गरेर समाजमा विकृति बढाउन लागेको आरोप लगाउँदै त्यसलाई रोक लगाउन विरोधस्वरुप बन्द आब्हान गरेको बताएका छन् ।
पार्टीका कार्यबाहक अध्यक्ष अनिल बस्नेतले अश्लिल सामग्री प्रकाशन नगर्न आग्रह गर्न गएका पार्टीका कार्यकर्तालाई आक्रमण गरेको नाममा पक्राउ गरेकोमा आपत्ति प्रकट गर्दै तत्काल उनीहरुको रिहाई र अश्लिल सामग्री प्रकाशनमा रोक लगाउन राज्यले उचित कदम नचाले अझै कडा आन्दोलनमा उत्रने चेतावनी दिए । उनले अश्लिलताविरुद्ध शिव सेनाले पहिलादेखि नै गतिविधी गर्दै आएकोमा नागरिक दैनिकका सम्पादक किशोर नेपाललाई त्यस्तो अश्लिलता प्रकाशन नगर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएर सकारात्मक वार्ता गरेकोमा एकाएक त्यसलाई आक्रमणको संज्ञा दिएर धरपकड गराएकोमा आपत्ति प्रकट गरे ।
बस्नेतले भने– ‘राज्यको कानून, पत्रकार आचारसंहिताले नै समाजमा अश्लिलता बढाउने सामग्री प्रकाशन नगर्न रोक लगाएकोमा कानून विपरित गर्ने अखवारमाथि कानूनी कारवाही नगरी गैरकानूनी क्रियाकलापको विरोध गर्ने सचेत नागरिकलाई पक्राउ गर्ने काम भएको छ । यो सभ्य नेपाली नागरिको लागि सह्य हुँदैन ।’ यसैगरी महामन्त्री खगेन्द्र सुवेदीले नारी अस्मितामाथि खेलवाड हुन नदिने अठोट ब्यक्त गर्दै अश्लिलता बेच्नेलाई कानूनी दायरमा ल्याएर निर्दोषलाई रिहा नगरे कसैलाई पनि नछाडने चेतावनी दिए । उनले तेह्र जना थुनेर आफूहरुको अभियान नरोकिने स्पष्ट पादै तेह्र हजार गिरफ्तारी दिन तयार रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार