‘गरिबी निवारणका लागि सहकारी’

१६ पुष २०६९, सोमबार १४:०६ मा प्रकाशित

काठमाडौ, १६ पुस । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबी निवारणका लागि दुई हजार सहकारी स्थापना गर्ने लक्ष्य लिएको छ । सरकारले अति विपन्न गरिब समुदायलाई आर्थिक तथा सामाजिक रुपमा सबल बनाउनका लागि सहकारी स्थापनाको अवधारणा अघि सारेको हो ।
त्यस्तै गरिबी निवारणको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि प्रभावकारी संस्थागत संयन्त्रको रुपमा सहकारी संघ र संस्थालाई परिचालन गर्ने सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रणबहादुर श्रेष्ठले जानकारी दिए । जसका लागि ७ करोड बजेट लाग्ने उनको भनाइ छ ।
गरिबलाई सहकारी संस्थामा आबद्ध हुन सरकाले विभिन्न खालका शिक्षा, तालिम, आर्थिक सहयोग परिचालन गर्ने र उनीहरुको आयआर्जन सीप सिकाउने योजना रहेको श्रेष्ठले बताए । रुकुम, रोल्पा, हुम्ला, दैलेख, मुगुलगायत जिल्लामा गरिब समुदायलाई सहकारीमा आबद्ध गराउने श्रेष्ठले बताए । ‘यो वर्षमा दुई हजार सहकारी स्थापना गर्ने छौ’, सचिव श्रेष्ठले भने, ‘जसमा करिब एक लाख गरिब जनतालाई आबद्ध गरिने योजना छ ।’ सहकारी आर्थिक, सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका रहेको समेत उनले बताए । सहरी क्षेत्रमा रहेका गरिब समुदायमा पनि सहकारी स्थापन गर्न उनीलाई प्रोत्साहन गर्ने मन्त्रालयको योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा