दामिनीको परिवारको माग– बलात्कारीहरुलाई फाँसी दिइयोस्

१६ पुष २०६९, सोमबार १३:५२ मा प्रकाशित

काठमाडौं, १६ पुस । भारतको राजधानी नयाँदिल्लीमा सामुहिक बलात्कारको शिकार बनेकी युवतीको परिवार उनको मृत्युपछि बेहोसीको हालतमा रहेको एजेन्सीहरुले जनाएका छन् । भारतीय दैनिक अखबार इण्डियन एक्सप्रेसले जनाएअनुसार आइतबार बिहान सिंगापुरबाट दामिनीको शव भारत आइपुगेपछि बिमानस्थलबाट शवदाह गृह पुरयाउँदासम्म उनकी आमा पटक–पटक बेहोस भएकी थिइन् भने निकटवर्तीहरुका लागि उक्त क्षण अत्यन्त दर्दनाक थियो । जब पीडिताको शव दाहसंस्कारका लागि उठाइएको थियो, पीडित परिवारका कतिपय नातेदारहरु दिल्लीको दीनदयाल अस्पतालतर्फ दौडनुपर्ने अवस्था आयो । अखबारका अनुसार बिहान ६ बजे नै पीडिताकी आमालाई आईसीयूमा भर्ना गर्नुपर्ने अवस्था आएको थियो ।
आइतबार दिनभर उनको डाक्टरी जाँच जारी रह्यो भने उनलाई गहिरो मानसिक आघात पुगेको अनुमान चिकीत्सकहरुले गरेका छन् ।
पीडिताको अन्तिम संस्कारपछि सञ्चारमाध्यमसँग कुरा गर्दै वितेको दुई सातादेखि आफ्नी पत्नीले खाना नखाएको बताए । आफ्नो व्यथाको बयान गर्दै उनले भनेका छन्– ‘म छोरीको कोठामा अहिलेसम्म प्रवेश गर्न सकिरहेको छैन । अझै मलाई मेरी छोरीले व्यहोर्नुपरेको दर्दनाक घटना र उनको मृत्युप्रति विश्वास लागिरहेको छैन । उफ्, बिडम्वना, अब हामीले कहिल्यै छोरीको आवाज सुन्न सक्ने छैनौँ, अब कहिल्यै मेरो अघिल्तिर बसेर छोरीले अंग्रेजीमा पुस्तक पढेको मैले देख्न पाउने भइनँ ।’ यसो भन्दै कोक्किएर रोए उनी ।
समाचारमा उल्लेख गरिएअनुसार सिङ्गो परिवार यतिसम्म पीडामा परेको छ कि पीडिताको एउटा तस्बिर छनोट गर्नसमेत उनीहरुले सकेनन् । यस्तैगरी, पीडिताकी भाइको व्यथा बेग्लै छ– ‘दुनियाँका अनेक सवालहरुको जवाफ के भनेर दिने ?’ बरु घरबाट बाहिर नै ननिस्कने उनले बताएका छन् ।
पीडित रिवारका सदस्यहरुको माग छ कि दोषीहरुलाई फाँसीको दिइयोस्, यसका लागि उनीहरु अन्तिमसम्म लडिरहने पनि बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो