राष्ट्रपति यादव र एमाले अध्यक्ष खनालबीच भेटवार्ता

१६ पुष २०६९, सोमबार १३:४६ मा प्रकाशित

काठमाडौं, १६ पुस । राष्ट्रपति डा.रामवरण यादव र एमाले अध्यक्ष झलनाथ खनालबीच आज विहान भेटवर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवर्ता राजनीतिक गतिरोध अन्त्यका विषयमा केन्द्रीत रहेको थियो ।
भेटमा राष्ट्रपति यादवले राजनीतिक गतिरो अन्त्य हुन नसक्नुको कारणका बारेमा छलफल केन्द्रीत रहेको थियो । छलफलमा राष्ट्रपति यादव र खनालले मुलुकलाई राजनीतिक सहमतिबाटै निकास दिनुपर्ने निष्कर्ष निकालेको भेटपति खनालले जानकारी दिए । अध्यक्ष खनालले भने, ‘दलहरुको सहमतिमा नै निकास निकाल्नु पर्ने पक्षमा राष्ट्रपति डा.यादवले जोड रह्यो ।’ ‘विपक्षी दलहरुका कारण भन्दा पनि सत्ताधारी दलहरुले सहमति चाहँदैनन् भन्ने स्पष्ट रहेको पनि आफुले राष्ट्रपतिलाई जानकारी गराएको बताए ।
प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार हट्नु पर्ने आफूहरुको पुरानै प्रस्ताव रहेको खनालको भनाई थियो । सहमतीय सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा एक महिना भन्दा बढि वितिसक्दा समेत दलहरुका अडानका कारण निकास आउन सकेको छ । राष्ट्रपति यादवले हिजो एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुसँग परामर्श गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कांग्रेसको प्रदेश सभापति पद केन्द्रीय कार्यसमितिका सदस्य, पदाधिकारीका दाबेदार, संघीय सांसद, पूर्वमन्त्रीहरू तथा भ्रातृसंस्थाका प्रमुख पदमै रहेका नेताहरू

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले एकलौटी गर्न खोज्दा रौतहटमा तनाव भएको छ। देउवा समूहका सभापति कृष्ण यादव र

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भइरहेको प्रदेश अधिवेशनको मतदानका क्रममा विवाद भएको छ । १ नम्बर प्रदेशको

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट