चिसोले मर्नेको संख्या १२ पुग्यो

१६ पुष २०६९, सोमबार १३:२८ मा प्रकाशित

सिरहा, १६ पुस । बाक्लो हुस्सु तथा अत्यधिक चिसोका कारण तराईको विभिन्न जिल्लामा मर्नेमा संख्य १२ पुगेको राष्ट्रिय समाचार समितिले जनाएको छ । प्राप्त समाचार अनुसार मर्नेहरुमा एक बालिका, ६ वृद्धा र ५ वृद्ध छन् ।
स्थानीयवासीका अनुसार ईटारीप्रसाही गाविसमा छ दिनमै एक बालिकासहित ६ जना दलित वृद्धाको कठाङ्ग्रिएर मृत्युभएका छन् । आर्थिक अभावले न्यानो कपडाको लगाउन नसक्दा दलित बालिका र वृद्धाहरुको ईटारीप्रसाहीका महिला शिक्षक सुमित्रा मण्डलले बताए । यस्तै सुखीपुर गाविसमा चिसोकै कारण कठाङग्रिएर एक वृद्ध र दुई वृद्धाको मृत्युभएको गाविस सचिव द्रवेश्वर दासले जानकारी दिए ।
जिल्लाको उत्तरवर्ती गाविस जमदहमा दुईजना र तरेगना गोविन्दपुर गाविसमा पनि एक जनाको चिसाले कठाङग्रिएर मृत्युभएको छ । बाक्लो कुहिरो, हुस्सु र चिसो हावाले गर्दा सिरहाको यातायात, बजार, कलकारखाना र शिक्षण संस्था समेत प्रभावित भएको शिक्षकहरु बताउँछन् । शीतलहरले आलुमा डढेलो रोग देख्न थालेका छन्,  भने तोरी र सिमीको पात सुक्न थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । चिसोकै कारण अहिले जिल्लाका स्वास्थ्य संस्थाहरुमा आउने बिरामीको सङख्यामा पनि अप्रत्यासित रुपमा वृद्धि भएको देखिएको छ । विशेष गरी वृद्धवृद्धा र बालबालिका चिसोबाट बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भइरहेको प्रदेश अधिवेशनको मतदानका क्रममा विवाद भएको छ । १ नम्बर प्रदेशको

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट