कांग्रेसले ३७ औं मेलमिलाप दिवस मनाउँदै

१६ पुष २०६९, सोमबार १३:१८ मा प्रकाशित

काठमाडौ, १६ पुस । नेपाली कांग्रेसले आज ३७ औं मेलमिलाप दिवस मनाउँदै छ । कांग्रेस तथा उसका भातृ संगठनहरुले आज मुलुक भर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको हो ।
भारत निर्वासनमा रहेका बिपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु २०३३ साल पुस १६ गते स्वदेश फर्केको दिनलाई कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता र मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यस अवसरमा शुभकामना व्यक्त गर्दै कांग्रेस सभापति सुशील कोइरालाले बिपीले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् । राष्ट्रिय एकता, लोकतन्त्र र दीगो शान्ति कांग्रेसको प्रमुख एजेन्डा रहेको भन्दै यसतर्फ अग्रसर हुन सबै दल र नागरिकसित अपील गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

आजको प्रमुख समाचार