विपक्षीप्रति कठोर प्रधानमन्त्री महिलाप्रति सहिष्णु !

१६ पुष २०६९, सोमबार १०:५० मा प्रकाशित

काठमाडौं, १६ पुस । राजनीतिक सहमतिका लागि लचकता दशाृउने सवालमा जिरह प्रदर्शन गरिरहेका प्रधानमन्त्री बाबुराम भट्टराईले महिला हिंसासम्बन्धी घटनामा पिडित महिलासँग माफी मागेर आफू लचकदार व्यक्ति भएको दर्शाउने चेष्टा गरेका छन् । प्रधानमन्त्री भट्टराईले आफ्नै निवासमा महिला हिंसाविरोधी सेलको बैठक बोलाएर सोही बैठकमा  वैदेशिक रोजगारीबाट फर्कने क्रममा बलात्कृत भएकी युवतीसँग माफी मागेका हुन् । छिमेकी भारतमा महिला हिंसाको विरोधमा आन्दोलन उर्लिएको नियालीरहेका प्धानमन्त्रीले मुलुकमा हाल बढिरहेको महिलामाथि ज्यादतिका विभिन्न घटनाहरुको एक साताभित्र अनुसन्धान गरी नतिजा निकाल्न सुरक्षा निकायलाई आदेश दिनुका साथै दोषीमाथि कारबाही गर्न निर्देशन समेत दिएका छन् । महिलामाथि बढिरहेको हिंसत्मक घटनाप्रति दुःी भएको बताउँदै भट्टराईले वैदेशिक रोजगारीबाट फर्केकी महिलाको अस्मिता लुट्ने काम राज्यकै निकायबाट हुनु गम्भीर विषय हो भन्दै घटनामा संलग्न जोकोहीलाई पनि कडा कारबाही गरिने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार