कृषकहरु च्याउ खेतीतर्फ आकर्षित

१६ पुष २०६९, सोमबार ०८:३९ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १६ पुष । देवदह क्षेत्रका कृषकहरु च्याउ खेतीतर्फ आकर्षित भएका छन् । च्याउ खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु च्याउखेतीतर्फ आर्किर्षत भएका हुन । २०५४/०५५ सालबाट शुरु भएको च्याउखेती अहिले व्यवसायिक रुपमा च्याउ उत्पादन भएको छ । च्याउ खेती र्गन वाहिरी जग्गा जमिन नचाहिने र घरकै कोठामा खेती गर्न सकिने भएका कारण च्याउखेतीमा लागेको देवदह–६ का कृषक कृष्ण राना बताउछन । च्याउ खेतीबाट यस र्वष राम्रो आम्दानीको आशा राखेर ३ सय बोतल च्याउको विउ लगाएको रानाको भनाई रहेको छ । च्याउ खेतीबाट राम्रो आम्दानी र्गन सकिने जानकारी पाएपछि आफु च्याउ खेतीमा लागेको उनको भनाई रहेको छ । च्याउ खेती फुर्सदको समयमा घरमा नै बसेर र्गन सकिने भएका कारण विगत १५ वर्ष अगाडिदेखि व्यावसायीक रुपमा गर्दै आएको देवदह–६ का कृषक मञ्जु दाहालको भनाई रहेको छ । बार्षिक ५० बोतल भन्दा बढि च्याउको विउ लगाएर ५० हजार जति आम्दानी लिने गरेको दाहालको भनाई रहेको छ । च्याउ खेतीबाट राम्रो आम्दानी हुने भएपछि व्यवसायीक रुपमा च्याउ खेती गर्दै आएको कृषक गंगा ढकालले बताए । च्याउखेतीबाट राम्रो आम्दानी हुने जानकारी भएपछि व्यवसायीक रुपमा च्याउ खेती शुरु गरेको देवदह बाख्रा पालन समुहका यम रानाले बताए । व्यवसायीक रुपमा समुहले ५ सय बोतल च्याउको विउ लगाएको रानाको भनाई रहेको छ । शुरु शुरुमा च्याउ विक्रि गर्न केही कठिन हुने भएपनि अहिले आएर त्यो समस्या घट्दै गएको देवदह क्षेत्रका च्याउ उत्पादक कृषकहरुले बताएका छन ।  च्याउ खेतीबाट राम्रो आम्दानी हुने भएकोले कुखुरा पालनको सट्टा व्यवसायीक च्याउ खेतीमा लागेको देवदहका कृषक रामप्रसाद देवकोटाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

आजको प्रमुख समाचार