रहेनन् खाडीयुद्धका ‘हिरो’

१५ पुष २०६९, आईतवार २३:२२ मा प्रकाशित

एजेन्सी, १५ पुस । सन् १९९१ को विश्वचर्चित खाडीयुद्धमा गठबन्धन सेनाको नेतृत्व गरेका अमेरिकी सैन्य जनरल नोरमन स्वारजोफको ७८ वर्षको उमेरमा निधन भएको छ । स्टारमिन नोरमनको नामबाट प्रसिद्ध भएका जनरल स्वारजोफ १९९०(९१ को दौरान खाडीको पहिलो लडाइँमा गठबन्धन सेनाका कमाण्डर रहेका थिए । त्यतिबेला अमेरिकाको नेतृत्ववाला गठबनधन सेनाले सद्दाम हुसेनको फौजलाई कुवेतबाहिर धपाएको थियो ।
खडीयुद्धको समयमा अमेरिकाका राष्ट्रपति रहेका जर्ज एचडब्लु बुशले जनरल स्वारजफको निधनप्रति शोक प्रकट गर्दै उनी आफ्नो पिंढीका महान् सैन्य नेतामध्येका एक रहेको प्रतिक्रिया दिएका छन् ।
आफ्नो सैन्य सफलताका कारण जनरल स्वारजफ अमेरिकाका सबभन्दा विख्यात आधुनिक जनरल कहलाइएका थिए । तथापि, कतिपयले उनीद्वारा गरिएको तत्कालीन युद्धविराम सम्झौताका लागि उनको आलोचना पनि गर्ने गर्दछन्, किनकि त्यही कारणले उक्त युद्धपछि पनि सद्दामलाई सत्तामा रहिरहने अवसर प्राप्त भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा

लन्डन्।बेलायतमा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन समुदायस्तरमा फैलिएकाे छ । यहाँ एकै दिन अ‌ाेमिक्राेनका सयाैं बिरामी भेटिन थालेका छन् । संसदलाई

केप टाउन । काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका