राष्ट्रपति अघि सर्नुपर्छ : बडु,, राष्ट्रपति अघिसरे हटाइदिन्छौँ : कर्ण

१५ पुष २०६९, आईतवार २२:४८ मा प्रकाशित

काठमाडौ, १५ पुस । नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले नेपाली कांग्रेसले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको उमेदवारी दिइसकेकोले अब सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन कुनै बाधा नभएको दाबी गरेका छन् । आईतवार राजधानीमा आयोजित साक्षात्कारमा उनले राष्ट्रपतिले सहमतिको लागि चालेको कदमले निकास ननिस्कने स्पष्ट भइसकेकोले दोस्रो प्रक्रियामा जानुपर्ने धारणा अघिसारे । राष्ट्रपतिले संविधानको रक्षा गर्नुपर्ने तर्क गर्दै प्रवक्त वडुले सत्ता नछाड्ने र यसैलाई लम्ब्याइरहने नियतले सत्ता पक्षहरुले बाबुरामको विकल्प गठबन्धन वा पुनःस्थापना ल्याएको दावी गर्दै  राष्ट्रपति अब संविधानको रक्षा र लोकतन्त्रको सुनिश्चितताको लागि अघि बढ्नुपर्ने बताए ।
उनले निर्वाचनको मुखमा मुुलुक पुगेको बेला नयाँ नयाँ सर्त ल्याउनु सत्ता नछाड्ने सत्तारुढ गठबन्धनको नियत प्रष्ट भएको भन्दै अब राष्ट्रपति चुप लागेर बस्न नहुने उल्लेख गरे । राष्ट्रपतिले यो सबै बुझेकाले संविधानको रक्षाको लागि उहाँ अघि बढ्ने दाबी पनि उनले गरे । पुनःस्थापनाको पक्षमा कांग्रेस अब हरहालतमा नजाने पनि उनले जानकारी दिए ।
सोही कार्यक्रममा नेकपा एमालेका सचिव शंकर पोख्रेलले संविधानसभाका सबै दलवीच सहमति हुनै नसक्ने भन्दै अब राष्ट्रपतिले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको बहुमतको आधारमा प्रधानमन्त्री नियूक्त गर्नु पर्ने धारणा राखे भने सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राष्ट्रपतिले संविधानको धारा ३८ को दुई प्रयोग गर्नै नसक्ने दावी गर्दै त्यस्तो गरे आफूहरुले राष्ट्रपतिलाई हटाउने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो