एसवाईसि कप क्रिकेटको उपाधि सकल्पलाई

१५ पुष २०६९, आईतवार २२:३७ मा प्रकाशित

नवलपरासी , १५ पुस । नवलपरासीको बेलाटारीमा सन्चालित प्रथम एस वाई सि कप क्रिकेट प्रतियोगिताको उपाधि सकल्प युवा क्लव गुठी सुर्यपुराले हात पारेको छ । प्रतियोगिताको आइतवार भएको फाईनल खेलमा बसहिया क्रिकेट क्लव बैदौलिलाई पराजित गर्दै संकल्प युवा क्लवले उपाधि चुमेको हो । उपाधिसँगै क्लवले ११ हजार एक सय ११ रुपैयाँ तथा प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै बसहिया क्रिकेट क्लवले प्रतियोगितको उप विजेताको उपाधिसँगै ५ हजार ५ सय ५५ रुपैँया र प्रमाण पत्र प्राप्त गरेको छ । स्टार युवा क्लवले आयोजना गरेको प्रतियोगितामा २२ वटा समुहको सहभागिता रहेको थियो । प्रतियोगिताको  एक कार्यक्रमका विच समापन गरिएको छ । नेपाली कांग्रेस महासमिति सदस्य देवकरण जयसवालको प्रमुख आतिथ्यता तथा क्लवका अध्यक्ष सुजित कुमार पंजियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला खेलकुद समितिका कोषाध्यक्ष शत्रुधन चौधरी, जिल्ला उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादव, भोला चौधरी, शेषराज कडेल, ज्ञानेन्द्र कुमार पंजियार लगायतले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाल भलिबल संघ (एनभीए) ले बंगलादेशमा हुने प्रतियोगिताको लागि पहिलो चरणको महिला खेलाडी छनोट गरेको छ । रेश्मा भण्डारीलाई बाहिर

काठमाडौं।सुरुआती अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा छिमेकी थ्री स्टारसँग अंक बाँड्न बाध्य भएको छ ।

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहमले सातौँ जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २-० गाेल अन्तरले पराजित गरेकाे