ल्होसार मनाउने क्रममा पहिचानको माग

१५ पुष २०६९, आईतवार २२:३३ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही  १५ पुस । २५९६ औं तमू ल्होसार रुपन्देहीका गुरुङ समुदायले पनि विशेष हर्षोल्लासका साथ मनाएका छन् । जिल्लाका विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर र शुभकामना आदान प्रदान गरी ल्होसार मनाइएको हो । गुरुङ समुदायले प्रत्येक बर्ष पुस १५ मा यो पर्व मनाउने गर्दछन् । यसै क्रममा तमू हयूल छाजधी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले बुटवलमा विशेष कार्यक्रम गरि ल्होसार पर्व मनाएको हो ।
मानवज्ञान बौद्धविहार रामनगरमा भएको उक्त कार्यक्रममा बोल्दै गुरुङ अगुवाहरुले गुरुङहरुको पहिचान ग्यारेन्टी गर्न माग गरेका छन् ।  उनीहरुले पहिचानसहितको तमूवान प्रदेशका निम्ति जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको बताए । कार्यक्रममा तमू ह्यूल छोंजधी गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय संरक्षक समितिका सदस्य एंव पूर्व प्रशासक, डा.शेखर गुरुङले अधिकार प्राप्तिको लडाईमा सबै एकजुट हुनुपर्ने बताए । कार्यक्रममा परिषदका केन्द्रिय सचिव माया गुरुङ,तमू मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य प्रेम गुरुङ,बुटवल नगरपालिकाका प्रशाशकिय अधिकृत कृष्ण ज्ञवाली,नेपाल मगर संघ रुपन्देहीका उपाध्यक्ष गिता सारु,तमू युवा नेता पवन गुरुङ, पारु गुरुङ, महिला सञ्जाल समन्वय समिति रुपन्देहीका उपाध्यक्ष विमला पन्थी लगायतले बोल्दै सांस्कृतिक पर्वको संरक्षण गर्दै अधिकारका निम्ति समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम परिषदका रुपन्देही अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षता तथा राजु गुरुङको संञ्चालनमा भएको थियो । यसैगरि रुपन्देहीको बदेलपोखरी, मधौलियाको करौजिया, भैरहवा, अञ्चलापुर, देवदहको खैरनी लगायतका ठाउमा पनि ल्होसारको अवसरमा विविध कार्यक्रम गरिएको छ । गुरुङ समुदायले नया बर्षको रुपमा यो पर्व मनाउने गर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार