चरा-शिकारीहरु बने प्रहरीको ‘शिकार’ !

१५ पुष २०६९, आईतवार २२:१७ मा प्रकाशित

काठमाडौं, १५ पुस । कास्की जिल्लाको भलान–१ स्थित हरिहर सामुदायिक वननजिकबाट तीनजना चरा शिकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रहरीसुत्रका अनुसार भलान–२ बस्ने २५ वर्षीय नवीन नेपालीसहितका तीनजना सार्वजनिक बाटोमा हिँडिरहेका नवीन नेपालीले हातमा दुईनाले भरुवा बन्दुक बोकेको र पछाडी झोला भिरेको अबस्थामा देखेपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोधपुछ गरेको थियो । सो क्रममा नेपालीको झोलाबाट मरेको कालीज फेला परेपछि प्रहरीलाई के खोज्छस् काना आँखा भनेझैँ भयो ।  सुनिल कार्की र नवीन नेपालीलाई भरुवा बन्दुकसहित तत्काल पक्राउ गरेपनि उनीहरुसँगै रहेका गणेश बस्नेत भने भाग्न सफल भएका छन् ।
यसैगरी गोरखाको आरुचनौटे–१ निवासी १९ वर्षीय सन्तमान श्रेष्ठ र धादिङ सल्यानटार–८ बस्ने ३६ वर्षीय शेरमान गुबाजुलाई पनि भरुवा बन्दुक १ थान, बारुद र मारिएको न्याउली चरासहित ईलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

आजको प्रमुख समाचार